चैत २८ धनगढी
बाजुरामा असिनापानीले गहुँबालीमा क्षति पुर्याएको छ। गत बुधवार राती परेको असिनापानीले त्रिवणी नगरपालिका वडा नं १, २ र ७ लगायतका ठाउँमा परेको असिनापानीले त्यहाँका किसानको पाक्न लागेको गहुँबालीमा क्षति पुर्याएपछि बर्खाको समय के खाने भन्दै उनीहरु चिन्तामा परेका हुन्।बुधवार ६ बजे राती अविरल वर्षासँगै परेको असिनापानीले त्यहाँका अधिकाशँ किसानको गहुँबालीमा क्षति भएको त्रिवेणी नगरपालिका–२ का वडा अभ्यक्ष बीरबहादुर बिकले बताए।
उनले भने, “सबै भन्दा बढी त्रिवेणी नगरपालिका १ र २ मा क्षति भएको छ। असिनापानीले यहाँका बेडुगडा, डाँडा गडा, दलित बस्ती लगायतका किसानको गहुँबालीमा ठुलो क्षति गरेको छ।” बुधवार ६ बजे राती परेको असिनाले वडा २ सबै टोलका किसानको गहुँबाली क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएका छन्। हिउँदमा लगाएको गहुँ अहिले एकासी असिनापानीले नष्ट पारेपछि उनीहरु यती बेला निकै चिन्तित भएको अध्यक्ष विकले बताए।
बुधबार राती परेको असिनापानीले त्रिवेणी विभिन्न ठाउँमा ठुलो क्षति गरेको छ। यहाँका सिकानले हिउँदमा लागालाग गरेर लगाएको हिउँदेबालीलाई अहिले एकासी असिनापानीले क्षति गरेपछि त्यहाँका किसानहरु चिन्तामा परेका छन्।असिनापानीले गहुँबाली सँगै किसानले लगाएको प्याज लसुन आलु धनियाँ लगायतका तरकारीबालीमा समेत ठुलो क्षति भएको क्षति गरेको त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीले बताए।
उनले भने, “असिानापानीले कहाँ के कती क्षति भएको भन्ने कुरा एकिन गर्ने गरी अहिले प्रहरी तथा जनप्रतिनिधिहरु खेतबारीमा अनुगमन गर्ने कार्य भइहेको छ। ”यसरी प्रत्येक ठाउँमा पुगेर त्यसको सबै विवरण तयार भएपछि मात्र यती क्षति भएको भन्ने कुरा थाहा हुने अयडीले बताए। त्रिवेणी नगरपालिका वडा नं १ ,२ र ७ मा असिना पानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको छ।
त्यसले कहाँ के कती क्षति भएको छ भन्ने कुरा एकिन गर्ने गरी भोली किसानको खेतबारीमा जाने तयराी भएकोले अहिले यती क्षति भएको भन्न्ने कुरा एकिन नभएको तोली प्रहरी चौकी प्रहरी साहायक निरिक्षक मदन विष्टले बताए। गोरखापत्रबाट