सुदूरपश्चिमको मुटु धनगढीमा नयाँ वर्ष २०८२ तथा विषु पर्व विशेष कार्यक्रम सम्पन्न

हेमा भट्ट ३१ चैत २०८१
धनगढी, कैलाली – सुदूर नेपाल संस्कृति सेवा समाज, धनगढी कैलाली (स्थापना: २०७८) को आयोजनामा नयाँ वर्ष २०८२ साल तथा सुदूरपश्चिमको महान सांस्कृतिक चाड विषु पर्व को अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई लक्षित गर्दै एक भव्य शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम धनगढीको मुख्य चौराहा मा विशेष रूपमा आयोजना गरिएको थियो, जहाँ पुरानो वर्ष २०८१ को बिदाई र नयाँ वर्ष २०८२ को स्वागत विशेष विधिबाट गरिएको थियो।

नेपालकाे चुच्चे नक्सा बनाइ मम्बत्ती बाल्ने, हातमा राष्ट्रिय झण्डा फरफराउने जस्ता साङ्केतिक कार्यक्रममार्फत राष्ट्रिय एकता, देशभक्ति र सांस्कृतिक पहिचानको सन्देश प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य शुभकामना आदान–प्रदान गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृतिलाई उजागर गर्नु रहेको थियो।
सस्थाका सचिव मनोज दाहाल का अनुसार, कार्यक्रममा महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उनले बताए:

“हामी नेपालीले आफ्नो मौलिकता जोगाउँदै राष्ट्रप्रेम अभिव्यक्त गर्नुपर्छ। राज्य जनताप्रति उत्तरदायी हुनुपर्छ र समयमै सुधार गर्नुपर्छ भन्ने सन्देश पनि यस कार्यक्रममार्फत दिन खोजिएको हो।”

कार्यक्रममा संरक्षण समिति, स्थानीय समाजसेवी, तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यद्यपि कार्यक्रम खुला सडकमा सम्पन्न गरिएको भए पनि नेपाल प्रहरीले सुरक्षाको उचित व्यवस्था मिलाएको थियो, जसले गर्दा सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न हुन सकेको आयोजकले जानकारी दिएका छन्।

सुदूर नेपाल संस्कृति सेवा समाज का पदाधिकारीहरूका अनुसार, आगामी दिनहरूमा पनि यस किसिमका राष्ट्रिय भावना, सांस्कृतिक संरक्षण र सामाजिक एकता प्रवर्द्धन गर्ने कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply