टीकापुर-७ सत्तिमा बेत बाँस फर्निचर तालिम सुरु, ३० महिला सहित ३३ जनाको सहभागिता

गणेश क्षेत्री /
वैशाख ३ धनगढी
टीकापुर नगरपालिका वडान ७ मा बेत बाँस फर्निचर सम्बन्धि ४५ दिने तालिम को टीकापुर नगरपालिका वडान ७ सत्तिमा उद्घाटन भएको छ
सत्ति कर्णाली सामुदायिक बनका अध्यक्ष जितराम चौधरी को सभापतित्वमा भएको कार्यक्रममा वडान ८ का अध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अतिथि रहनुभएको थियो

विशिष्ट अतिथिमा वडान ६ का बलिराम चौधरी र वडान ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने रहनुभएको थियो

प्रमुख अतिथि ठकुल्ला ले सिकेको सिप ब्यवहारमा उतारेमा आयआर्जन हुने र जिबिको पार्जनमा सहज हुने बताउनुभयो

ठकुल्ला ले बेत बाँस को खानिको रुपमा रहेको बन समितिले आयआर्जन मुलक कार्यक्रम ल्याएर सर्हानिय कार्य गरेको बताउनुभयो ! प्रकृति ले यो क्षेत्रका स्थानीय लाइ उपहार दिएको छ यसको सदुपयोग गर्नुपर्ने ठकुल्लाको भनाइ थियो

३३ जना ले लिने तालिम मा ३० जना महिला र ३ जना पुरुष ले सहभागिता जनाएको सामुदायिक बन का सह सचिब मोहन बहादुर रावल ले बताउनुभयो

सामुदायिक बन का पुर्ब अध्यक्ष धनसिह साउद , भानु पुस्तकालय का अध्यक्ष मनिराम ढुङ्गाना , सामुदायिक सहकारी का सचिब कृत ठकुल्ला , बि ग्रुप कार्यक्रम सयोजक हेमन्त राज जोसि , शिक्षक बिरेन्द्र शाह लगायत ले मन्तव्य व्यक्त गर्नुभएको थियो

तालिम अबधिमा बेत बाँसका ह्याङ्गर , र्‍याक , कुर्सि , सोफा लगायतका सामानहरु बनाउन ३३ जनालाइ सिकाइने अध्यक्ष जितराम चौधरी ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply