कृष्णपुर–२ का मुक्त कमैयाको गुनासो : “सरकारले सुनेन, हाम्रो आवाज कहाँ पुग्छ?”

हेमा भट्ट वैशाख ४
कञ्चनपुर — कृष्णपुर नगरपालिका–२ स्थित बनाराका मुक्त कमैया वर्षौंदेखि बगर क्षेत्रमा खेती गर्दै आएका छन्। बनारा खोलानजिकैको सडक किनारमा तरबुज, काक्रो, करेला बिक्री गर्दै जीवन यापन गरिरहेका किसान मण्डु चौधरी भन्छन्, “हामीले पटक–पटक सडक वरिपरि पटान गरिदिन सरकारसँग आग्रह गरेका छौं, तर स्थानीय सरकारले हामी मापदण्डमा नपर्ने भन्दै बेवास्ता गर्छ।”

चौधरीको भनाइ छ — “हामी जस्तो श्रमिकको आवाज सुनिदिने कोही छैन। सरकारको ध्यान कहिल्यै हाम्रोतिर जाँदैन। हामीले वर्षौंदेखि मेहनत गरेर खेती गरेका छौं, तर कसैले यसको कदर गरेन। राज्यको सेवा–सुविधा पाउनु त टाढाको कुरा, बगरमै खेती गर्न पनि सहज छैन।”

रैकवार खबर मिडियासँग कुरा गर्दै उनले थपे, “सरकारलाई नजिकबाट देख्न सकिंदैन, टाढाबाट हेर्दा झन झन् पर लाग्छ।”

यस विषयमा कृष्णपुर नगरपालिकाका प्रशासकीय प्रमुख खगेन्द्र प्रसाद भट्टले भने, “नगरपालिकाको तर्फबाट हाटबजार निर्माण गर्ने योजना छ। किसानलाई हुनसक्ने सहयोग गर्न हामी सकारात्मक छौं। तर सार्वजनिक निज जमिनमा हाटबजार बनाउन कानुनी रूपमा सम्भव छैन। नगरपालिकासँग पर्याप्त जमिन पनि छैन।”

उनले थपे, “हामी यो विषय कार्यपालिका बैठकमा प्रस्ताव लैजानेछौं। आगामी दिनमा सहज वातावरण बनाएर समस्या समाधान गर्ने प्रयास हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply