हेमा भट्ट ५ बैशाख २०८२
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। यो सहयोग चालु आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रमअनुसार प्रदान गरिएको हो।
नगर प्रमुख कार्यकारी अधिकृत महेश बहादुर बमका अनुसार नगर उपप्रमुख निलम लेखकले अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टलाई चेक हस्तान्तरण गरेकी हुन्। उपप्रमुख लेखकले विपन्न तथा गरिब नागरिकहरूको दन्त उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जानकारी दिइन्।
डा. भट्टले उक्त रकम डेन्टल सेवा विस्तारमा खर्च गरिने बताएका छन्। भीमदत्त नगरपालिकाले हरेक वर्ष महाकाली अस्पताल र रेडक्रसलाई आर्थिक सहयोग गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1