गोदावरीबाट भन्सार छलीका सामान वरामद

वैशाख ५ गते धनगढी
कैलालीको गोदावरी नगरपालिकास्थित विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका १ लाख ३० हजार ६५० रुपैयाँ बराबरका अबैध सामानहरू प्रहरीले बरामद गरेको छ।

बिहीबार गोदावरी नगरपालिका- १ मा सडक खण्डमा शंकास्पद रूपमा छाडिएका सुट, साडी, धोती लगायतका कपडाहरू बरामद गरिएको ईलाका प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिका- ४ स्थित हनुमान मन्दिर नजिकै ईलेक्ट्रोनिक सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।

बेरवारिसे अवस्थामा भेटिएका सामानहरू नियन्त्रणमा लिइ भन्सार कार्यालय कैलालीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply