धनबहादुर बिक
पुनर्वास ५ बैसाख
पुनर्वास नगरपालिका वडा नम्बर ९ बी बी आर गिरी चोकमा बिचफाँटा मा हाई माक्स लाईट बत्ती जडान गरिएको छ ।
शुक्रबार साँझ हाईमाक्स सडक बत्ती को उद्घाटन नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगरले उद्घाटन गरेकि छिन ।
देशमा संघियता लागू भएको ८/९ बर्ष पछि जनताको घरदैलोमा सिंहदरबार को विकास सेवा क्रमिक रूपमा सुरु भएको जनताले अनुभुती गर्न पाएको कार्यक्रम कि प्रमुख अतिथि तथा पुर्व खानेपानी मन्त्री विना मगरले बताएकि छिन ।
संघियता र गणतन्त्र लागू भएयता वास्तव मै विकास ले गति लिएको छ उनलेे जोड दिईन । कतिपयले संघियतालाई गलत व्याख्या समेत गर्दै आईरहेका छन तर त्यसो होइन , मुलुकमा लामो संघर्ष र बलिदानी पछि संघियता लागू हुनु अघि र लागू भए पश्च्यात संघियताको महत्त्व जनताले राम्रोसँग बुझेका छन उनलेे भनिन ।
संघसयता र गणतन्त्र कै प्रभावले अहिले स्थानीय सरकार मात्रै नभई तिनवटै सरकार मजबुत बनेको माओवादी नेत्रि मगरले जोड दिईन ।
वडाको आर्थिक बर्ष ०८१/०८२ को करिब ३ लाख लागतमा उक्त योजना जडान गरिएको हो वडा अध्यक्ष नरबहादुर बिकले बताए । सिमावर्ति भारतीय सिमा नाका संगै जोडिएको गिरि चोकमा सुरक्षाको दृष्टिकोणले आवस्यकता ठहर गरि जडान गरिएको अध्यक्ष बिकले भने ।
संरक्षण भएन भने विकास का योजना हरू मा जोड दिएर मात्रै केही हुदैन , संरक्षण गर्ने जिम्मेवारी पनि स्थानीयवासी कै रशने पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्माले जोड दिए ।
गिरि चोकमा सुरुवात चरणमा पहिलो बत्ती जडान गरियो अब आवस्यक पर्ने सम्बेदनशिल स्थानमा थप जडान गरिने नगर प्रमुख शर्माले बताए ।
हाईमाक्स बत्ती जडान भएपछि सो क्षेत्र का स्थानीयवासी ले खुसी जनाएका छन ।
वडा अध्यक्ष नरबहादुर बिक को सभापतित्वमा भएको कार्यक्रम कि प्रमुख अतिथि नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगर रहेकि थिईन भने बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।
कार्यक्रम को सञ्चालन वडा सचिव काली प्रसाद तिवारी रहेका थिए ।