धनबहादुर बिक –
पुनर्वास ५ बैसाख
बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को चौथो बार्षिक साधारणसभा तथा योजना उद्घाटन भएको छ ।
नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना को शुक्रबार एक कार्यक्रम बिच उद्घाटन गरेकि हुन ।
४ बर्ष अघि २०७८ माघदेखि सञ्चालनमा आएको बाईसी बिचवा खानेपानीको बिधिवत उद्घाटन पुर्व खानेपानी मन्त्री विना मगरले गरेकि हुन ।
खानेपानीको बार्षिक साधारणसभा लाई सम्बोधन गर्दै नकपा माओवादी नेत्रि विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता सञ्चालक समितिले वास्तवमै राम्रो काम गर्दै आएको बताईन ।
जनताले आफैंले आफ्ना लागि काम गरेर आफैंले उपभोग गर्ने यो नितिले सामाजिक रूपमा महत्त्वपूर्ण योगदान को कार्य गरेको छ भने सरकारलाई जिम्मेवार समेत बनाएको पुर्व मन्त्री मगरले औंल्याईन ।
जसले गर्दा जनता संग प्रत्यक्ष भावनात्मक सम्बन्ध जोडने काम गरेको छ उनलेे भनिन ।
आफ्नो कार्यकालमा देशैभरि करिब ४०/४१ हजार खानेपानी योजना सञ्चालनमा आईसकेको मा १ लाख बढी सर्वसाधारण ले कर्मचारी को रूपमा प्रत्यक्ष रोजगारीको वातावरण सृजना भएको नेत्री मगरले भनिन ।
कार्यक्रममा संस्था का सचिव बिष्नु बहादुर बिकले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । आर्थिक बर्ष ०८१/०८२ मा संस्थाले १४ लाख ८१ हजार ७७५ रूपैया आमदानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
करिब ५ करोड ३४ लाख लागतमा २ लाख २५ हजार लिटर क्षमताको निर्माण भएको खानेपानी बाट हाल ७२५ घरधुरिलाई शुद्ध खानेपानी वितरण गरिदै आएकोमा निकट भबिस्यमा २५ सय घरधुरी लाई वितरण गर्ने योजना रहेको सचिवको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
निकट भबिस्यमा २५ सय उपभोक्तालाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको जनाउदै २ लाख २५ हजार लिटर क्षमताको अर्को खानेपानी ओभरहेड ट्याङ्की आवस्यकता रहेको तथा सोहिअनुसार को पाईपलाईन बिछाउनुपर्ने , सोलार बत्ती , सभाहल , शौचालय , फर्निचर लगायत आवस्यकता रहेको ज्ञापनपत्र पुर्व मन्त्री विना मगरलाई अध्यक्ष लगायत सञ्चालक समितिले पेश गरेको छ ।
समितिले पेश गरेको मागलाई नेपाल सरकार समक्ष पेश गरि समितिको मागलाई पूरा गर्न आफुले पहल गर्ने मन्त्री मगरले प्रतिबद्धता व्यक्त गरिन ।
शुद्ध पानी खाउ स्वस्थ्य रहौ
खानेपानी संस्था का अध्यक्ष गोपाल काफ्ले को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगर रहेकि थिईन भने पुनर्वास नगरपालिका पुर्व मेयर जीवनराज थापा , समाजसेवी भक्तबहादुर अधिकारी , पुनर्वास नगरपालिका प्रवक्ता तथा वडा नम्बर ११ का अध्यक्ष तुलसि अर्याल , वडा नम्बर १० का अध्यक्ष सुकदेव राना बिशिस्ट अतिथि रहेका थिए थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना ले गरेको योजना रचनात्मक रहेको बताउदै शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा खानेपानी संस्था लाई प्रत्यक्ष अपर्त्यक्ष रूपले सहयोग पुर्याउने विभिन्न समाजसेवी बुद्धिजीवी हरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
संस्था का उपाध्यक्ष बौद्ध लामाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव बिष्नु बिकले गरेका थिए ।