प्रेमसिह बिष्ट
वैशाख ६ गते धनगढी
अत्तरिया, तत्कालीन मालाखेती गाविस, हालको गोदावरी नगरपालिका–२ मा अवस्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयको स्थापना, विकास र इतिहासलाई जोड्दै एक प्रेरणादायी पात्रको जीवित सन्देश सार्वजनिक गरिएको छ। विद्यालय व्यवस्थापन समितिका २०३९-२०४१ सालका पूर्व अध्यक्ष, समाजसेवी हर्कबहादुर कडायतसँग गरिएको विशेष कुराकानीमा विद्यालयको उत्थानका प्रेरणादायी पाटाहरू उजागर गरिएका छन्।
उखानबाट सुरु गरे-“जङ्गल मङ्गल भयो, नर्कको स्वर्ग भयो, आफ्नो जीवन गयो हेर्दाहेर्दै”
उहाँले विद्यालयको प्रारम्भिक अवस्था सम्झँदै भन्नुभयो, “यो विद्यालय छारीबाट खुट्टा टेकेर सुरु गरिएको थियो, अहिले स्वर्ग समान भएको छ,मेराे दुर्गालक्ष्मी।”
उहाँले दिवंगत व्यक्तित्व चन्द्रभान कडायत,गणेशबहादुर कडायत र रामप्रसाद प्रसाईको योगदानको पनि स्मरण गर्नुभयो। “उहाँहरूको योगदानको कुनै मूल्याङ्कन नै गर्न सकिँदैन,” उहाँको भावुक भनाइ थियो। उहाँ जस्ता व्यक्तित्वहरूको सम्झना गर्दै, “उहाँहरूको योगदानको मूल्याङ्कन गर्नै सकिन्न,” भन्नुभयो।
त्यो समय तत्कालीन प्रधानको निर्वाचन सुरु भएको थियो, जसमा अध्यक्ष चन्द्रभान कडायत पराजित हुनुभयो। त्यसपछि, बिना ढिलासुस्ती किसान संघको सभापतिको निर्वाचन सुरु भयो। स्थानीय व्यक्तित्वहरूको सल्लाह अनुसार मैले सभापतिमा उम्मेदवारी दिएँ र त्यतिबेला आफू निर्वाचित भएकाे बताउनुभयो।
केही दिनमै विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो। सभापतिमा निर्वाचनको अविरको जोशसँगै आफूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइयो। आफूले सफलतापूर्वक विद्यालयको समग्र विकासका लागि योगदान गरेको समेत बताए।
त्यसबेला विद्यालय सुरु हुँदा दङ्गलीको खेतमा टहरो बनाएर जिल्ला शिक्षा कार्यालयबाट ३ कक्षासम्म स्वीकृति लिए ७१ जना विद्यार्थीबाट कक्षा सञ्चालन गरिएको थियो। २०३९ सालमा अध्यक्षको जिम्मेवारी सम्हालेपछि विद्यालयको पहिलो टाइलको भवन ४० फिट लम्बाइ र १६ फिट चौडाइमा निर्माण गरियो। “७ हजार कर्जामा निर्माण गरियो थियौं,” उहाँले स्मरण गर्नुभयो।
विद्यालयको उत्थानक्रममा जङ्गल सफा गर्दै, घाँसको पर्खाल उठाएर कक्षाकोठा बनाइएका ती दिनहरू आजका सुविधासम्पन्न भवनहरूमा परिणत भएकोमा उहाँको हर्ष छ। “त्योबेला शिक्षकलाई तलब दिन नसक्दा हामीले खेतालो गरेर पनि तलबको व्यवस्था गथ्र्यौं,” उहाँले भन्नुभयो।
कडायतले सृजनात्मक शैलीमा इतिहास वर्णन गर्दै एउटा टुक्का सुनाउनुभयो-
“ग्वाँसी समैजी माटोको थलो गोदावरीधाम सुगन्ध बोट रोपी बन्यो दुर्गालक्ष्मी नाम”
विद्यालयको वर्तमान अवस्थाबाट अत्यन्तै उत्साहित हुँदै उहाँले भन्नुभयो, “अहिले यो विद्यालय देशकै टप टेनमा पर्छ, हजारौं विद्यार्थी उत्पादन गरेको छ, जसमा शिक्षक, डाक्टर, इन्जिनियर लगायतका दक्ष जनशक्ति तयार भएका छन्।”
स्वर्ण जयन्ती २०५० सालमा विद्यालयले उहाँलाई ७८ बर्षमा सम्मान गर्दा आफ्नो योगदानको मूल्याङ्कन भएको महसुस भएको भन्दै उहाँले भावुक अनुभूति सुनाउनुभयो। “त्यो दिन मलाई लाग्यो, घाँसको पर्खालबाट सुरु भएको विद्यालय स्वर्ग समान भइदियो।”
विद्यालयमा पहिलो चन्दा दिने जय महत्तपालको योगदानलाई पनि उहाँले विशेष सम्झना गर्नुभयो। “उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले कहिल्यै पछि हट्नु भएन,” उहाँले बताउनुभयो।
अन्त्यमा आफ्ना जीवनका स्मरणीय क्षणहरूलाई सुमधुर शैलीमा समेट्दै कडायतले भने –
“सुनादेवी शैलेश्वरी श्री उग्रतारा सबैको रक्षा गराउनु सुनकाहार”
उहाँको जीवनगाथा र विद्यालयप्रतिको योगदान आज पनि प्रेरणादायी छ। यस्ता व्यक्तित्वहरूको योगदान स्मरण गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो भन्ने सन्देशसहित यो विचार तयार गरिएको हो।