वाईसियल नेपाल कृष्णपुर–३ को दोस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न, २१ सदस्यीय समिति चयन

हेमा भट्ट ६ बैशाख २०८२
कञ्चनपुर — वाइसीएल नेपाल कृष्णपुर नगरपालिका वडा नम्बर ३ को दोस्रो वडा सम्मेलन शनिबार भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता भीमराज जोशीले गरेका थिए भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन साउद थिए।

विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष खेमराज चौधरी, कञ्चनपुर जिल्ला वाइसीएल इन्चार्ज रघुवीर धामी लगायतका जिम्मेवार व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरूले युवाहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउने खालका सान्दर्भिक शुभकामना तथा सुझावहरू राखेका थिए।

सम्मेलनबाट २१ सदस्यीय नयाँ वडा समिति चयन गरिएको छ। जसअनुसार:अध्यक्ष: आशा चौधरी,उपाध्यक्षहरू: हरिश कार्की र विरेन्द्र ऐर,सचिव: गणेश कार्की,सह–सचिव: प्रशान्त खत्री,कोषाध्यक्ष: कुसुम चौधरी,सहित अन्य सदस्यहरू पनि चयन गरिएको वाइसीएलले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष आशा चौधरीले वाइसीएल नेपालले अब समुदाय र जनताको हक–अधिकारका पक्षमा थप सक्रिय रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएकी छन्।

यसैबीच, नगर प्रतिनिधिको रूपमा भीमराज जोशी, विमला चौधरी, बुद्धिराम चौधरी, रामविलास चौधरी लगायतलाई सिफारिस गरिएको छ।

प्रमुख अतिथि अर्जुन साउदले सम्मेलनलाई सम्बोधन गर्दै वाइसीएल नेपाल हाल वडा, नगर र जिल्ला हुँदै केन्द्रसम्मको अधिवेशन तयारीमा रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply