कृष्णपुरका सुरज राना श्रीलंकामा भिक्षु वन्स बने, नगर प्रमुख ओझाद्वारा सम्मान र सुझाव

हेमा भट्ट १३ बैशाख २०८२
कञ्चनपुर -कृष्णपुर नगरपालिका ८ बिचुवाका सुरज राना, जो सन् २००८ मा अध्ययनका लागि लुम्बिनी पठाइएका थिए, अहिले श्रीलंकाको मयुरपादस्थित पिरिवेन विहारमा भिक्षु विजय वन्सका रूपमा अध्ययन र साधनामा समर्पित हुनुहुन्छ।

हालै वहाँसँग भएको विशेष भेटमा बौद्ध दर्शन, शिक्षा र आध्यात्मिक विषयमा विस्तृत छलफल भएको नगर प्रमुख ओझाले जानकारी गराए । साथै, वहाँले इच्छुक नेपाली विद्यार्थीहरूलाई श्रीलंकामा पठनपाठनको व्यवस्था मिलाउन सकिने जानकारी दिनुभएको छ। भेटघाटको अवसरमा सात्विक भोजन विहारमै आयोजना गरिएको थियो।

भिक्षु वन्सको श्रीलंकामा उल्लेखनीय साधना र योगदानको जानकारी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा उहाँलाई भेट्न पुगेपछि, प्रमुख ओझाले वहाँको प्रगति र साधनाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रमुख ओझाले भिक्षु वन्सलाई धन्यवाद दिंदै, भविष्यमा आफ्नो ज्ञान र अनुभवलाई नगरपालिकाका विद्यार्थी र समाजको उत्थानका लागि उपयोग गर्न विशेष सुझाव समेत दिनुभएको छ। भिक्षु वन्सप्रति सतसत् नमन व्यक्त गर्दै, पशु अधिकारकर्मी हरि प्रसाद जोशीले समेत भेटघाटमा साथ दिनुभएको थियो।

भिक्षु वन्सको अवस्था र श्रीलंकामा रहनु भएको जानकारी नेपाली राजदूतावासमार्फत सम्पर्क गरी सुनिश्चित गरिएको र यस भेटले कृष्णपुर नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध र बौद्ध शिक्षा क्षेत्रमा नयाँ सम्भावना विस्तार हुनसक्ने ओझाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply