धनगढीमा शिक्षक आन्दोलनमा रक्तदान

वैशाख १४ धनगढी
शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज धनगढीमा आन्दोलनकै एक अंशका रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सरकारले विभिन्न समयमा शिक्षकहरुसँग गरेका सहमती कार्यान्वयन सहितको शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डौंमा जारी सडक आन्दोलनले देश तातिरहेको बेला धनगढीमा भने आन्दोलनलाई सिर्जनात्मक ढंगले अघि बढाउन रक्त दान कार्यक्रम आयोजना गरिएको शिक्षक आन्दोलन परिचालन समितिका धनगढी नगर सचिव कृष्णराज ओझाले बताए ।

शिक्षक नेता तथा धनगढीको विशालनगर स्थीत जनता आ. वि. का प्र.अ. धन बहादुर सिंहले शिक्षकहरुले आफ्नो अधिकारका लागि बाध्य भएर अन्तिम विकल्प स्वरुप आन्दोलनमा जाँदा समाजमा उब्जिएको भ्रमलाई चिर्न र रगतको अभावलाई न्युनीकरण गर्न आज आन्दोलनको स्वरुप परिवर्तन गरि रक्त दान गरिएको बताए ।

वनदेवी मन्दिर छेउको त्रिनगर हाडबजार क्षेत्रमा आज गरिएको रक्तदान कार्यक्रममा २० जना शिक्षकहरुले रगत दान गरेका थिए ।

शिक्षकका हक अधिकारमा विषयमा सरकार उदासिन बन्दा आन्दोलन लम्बिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply