लोहरपुरमा निसर्ग कप सुरु

बैशाख १८ धनगढी । कैलालीको कैलारी गाउँपालिका ८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल भजहर कपको पाचौं संस्करण सुरु भएको हो ।

श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वडा नम्बर ८ का वडाध्यक्ष तारा मल कठरियाले उदघाटन गरे ।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपािलका वडा नम्बर ५ स्तरीय क्लब विजयी भएको छ । पहिचान युवा क्लब सिसैयालाई २–१ ले हराउँदै भजनी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको

प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply