तरकारी बेचेर बार्षिक लाखौंको आम्दानी गर्दै पडाउका चौधरी परिवार

धनबहादुर बिक –
पुनर्वास
कञ्चनपुर को बेलौरी नगरपालिका ३ पडाउका धम्मल चौधरीले तरकारी बाट लाखौं रूपैया आमदानी गर्दै आएका छन ।
चौधरीले दुई बिगाह भन्दा बढि जग्गामा मौसमी तथा बेमौसमी तरकारी तरकारी खेती गर्दै आएका छन । तरकारी खेतीबाटै पछिल्लो समय चौधरी परिवारको आर्थिक अवस्था प्रगति तर्फ उन्मुख हुन थालेको छ ।

चौधरी परिवारले काउली,बन्दा,टमाटर,भेन्टा , ,,रायो,मुला, प्याज, आलु ,काक्रो , करेला , भिण्डी , खुर्सानी जस्ता बिभिन्न किसिमका तरकारीखेती गरेर उदाहरणिय काम देखाएका छन् ।

चौधरी भन्छन तरकारी खेतिबाट सबै खर्च कटायर बार्षिक १० लाख जति आमदानी गर्दै आएको छु ।

सुरुमा दाजुभाइ लाई छुट्याउदा प्राप्त भएको दुई कट्ठा जग्गा बाट तरकारी लगाउन सुरु गरेका चौधरीले तरकारी खेतिबाट प्राप्त आमदानी बाटै अहिले एक बिगाह भन्दा बढी जग्गा जोड्न सफल भएका छन ।
आफ्नो जग्गा संगसंगै अरूको जग्गा लिजमा लियर करिब तीन बिगाह बढी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आईरहेका छन ।

उनलेे काम गर्ने जग्गामा प्राय बार्है महिना हरियाली हुनेगरेको देख्न पाईन्छ ।परम्परागत खेति धान गहुँ लगाउदा दुई सिजन मात्र खेति हुने गरेकोमा मौसमी तथा बेमौसमी तरकारी लगाउदा जग्गा पनि हरियाली हुने र आमदानी पनि त्यतिकै बढने चौधरी बताउँछन् ।

उत्पादन गरेको तरकारी किन्न कतिपय तरकारी पसलेहरू घरमै आउने गर्छन भने मुख्य बजार पुनर्वास नगरपालिका ३ आई वी आर डी मा लाग्ने शनिबारे हाटबजारमा समेत बिक्री गर्दै आईरहेका छन ।

परिश्रम गरे माटोमा पनि हिरा फल्छ भन्ने उदाहरण चौधरी परिवारले दिएका छन भने उनलेे गरेको प्रगति देखेर अहिले उनका गाउँले हरूले पनि तरकारी खेतिलाई जोड दिन थालेका छन ।

सुरुवातमा उत्पादन गरेको तरकारी साईकल मा बोकेर गाउँ गाउँ डुलाउने गरेकोमा अहिले ई- रिक्सा समेत खरिद गरि सोही रिक्सामा हाटबजार मा पुर्याउने गरेका छन ।

चौधरीलाई उनकि श्रीमती तथा दुई छोराहरूले समेत साथ दिंदै आएका छन ।

पहिला दुई बुढाबुढी मिलेर गर्थ्यौ अहिले छोराहरू ठुलो भएपछि तरकारी खेतिमा काम गर्न होस वा बजारिकरण गर्न सजिलो भएको छ धम्मल बताउछन् ।
कृषि पेसामा आफुलाई निकै रुचिरहेको बताउदै उनले भने ‘ वैदेशिक रोजगारी तथा अन्य व्यापार व्यवसाय भन्दा राम्रो लागेको उनी बताउँछन ।
आमदानी पनि हुने र शारीरिक व्यायाम पनि बनिरहने उनको ठम्याइ छ ।

कामका लागि मलेसिया,कतार तथा साउँदी अरबमा जानै नपर्ने खाडी जानू भन्दा झाडी मै करोडौं फल्ने उनले बताए । सरकारले कृषिलाई पर्यटनसङ्ग जोडनु पर्दछ । छोटो समय तथा कम लगानीमा गाउँघरमा बसेर सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो तरकारी खेति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One प्रतिक्रिया “तरकारी बेचेर बार्षिक लाखौंको आम्दानी गर्दै पडाउका चौधरी परिवार

Leave a Reply to Sukhram RanaCancel reply