निमेश अस्पतालमा मिर्गौला र हाडजोर्नी विशेषज्ञ सेवा सुरु, अब प्रत्येक शनिबार गाउँमै उपचार

कञ्चनपुर, कृष्णपुर– (गुलरिया) निमेश सामुदायिक अस्पतालले स्थानीय बासिन्दाको सुविधालाई मध्यनजर गर्दै मिर्गौला तथा मूत्ररोग (नेफ्रोसिस–युरोलोजी) र हाड जोर्नी (अर्थोपेडिक) रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। अस्पतालले यो सेवा हरेक शनिबार दिने जनाएको छ।

अस्पतालका सञ्चालक डा. फुलराम चौधरीले उक्त सेवा सुरु गरिएको जानकारी दिँदै, ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अस्पतालले विशेषज्ञ चिकित्सकहरू बोलाउने निर्णय गरेको बताए। उनका अनुसार, “हामीले अस्पताल स्थापना गर्दा सेवाग्राहीप्रतिको उत्तरदायित्व र विश्वास जित्ने लक्ष्य राखेका थियौं। आज त्यो विश्वासलाई कायम राख्दै थप सेवा विस्तार गर्दैछौं।”

अस्पतालले छोटो समयमै फरक पहिचान बनाउँदै स्थानीयको आवश्यकता अनुसार स्वास्थ्य सेवा विस्तार गरिरहेको छ। शनिबारको दिन देशका विभिन्न स्थानबाट विशेषज्ञ चिकित्सकहरू आमन्त्रित गरिने हुँदा अब स्थानीय नागरिकलाई उपचारका लागि शहर धाउनु नपर्ने अवस्था आएको छ।

यस कदमले स्वास्थ्य क्षेत्रमा निमेश सामुदायिक अस्पताललाई अझ प्रभावकारी र विश्वासिलो बनाएको छ। स्थानीय जनताको भावना, आवश्यकता र विश्वासलाई ध्यानमा राख्दै अस्पतालले भविष्यमा पनि यस्तै सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply