सन्त निरंबारी सेवादल भाईबहिनीहरू द्वारा शिवपुरी धाममा बृहत सरसफाइ अभियान

धनबहादुर बिक – २९ बैसाख २०८२
धनगढी -सन्त निरंकारी सेवादल भाईबैनीहरूले धनगढीमा रहेको शिवपुरीधाम परिसरमा बृहत सरसफाइ गरेका छन ।

सन्त निरंकारी मण्डल को जेठ १० गते शिवपुरी धाम को सभाहलमा हुन गईरहेको सुदूरपश्चिम प्रदेश स्तरिय बृहत सत्संग समारोह कार्यक्रम तयारी का लागि सोमबार धनगढी उपमहानगरपालिका ४ स्थित शिवपुरी धाममा सरसफाइ गरेका हुन ।
पुनर्वास , अत्तरिया , धनगढी , महेन्द्रनगर ओलानि मसुरिया शाखा सत्संग भवनका १२० जना निरंकारी सेवादल भाईबहिनी हरूले स्वस्फूर्तरूपमा सरसफाइ गरेका छन ।

उनिहरूले धामको सभाहल , मन्दिर परिसर , निवास वरपर , पानी धारा तथा शौचालय लगायत क्षेत्रमा सरसफाइ गरेका छन ।
सरसफाइ अभियान लाई नेतृत्व गर्दै आएका अत्तरिया सत्संग भवनका सेवादल सञ्चालक करण वड का अनुसार आगामी जेठ १० गते सन्त निरंकारी मिशनमा जोडिएका सुदूरपश्चिम का ९ वटै जिल्लाका विभिन्न शाखाबाट करिब पाँच हजार सन्त परिवार हरू सत्संग का लागि सहभागी रहने बताउनुभयो ।

सन्त निरंकारी मिशनमा जोडिएका तथा मिशन संग सम्बन्धित युनिफर्म पहिरिएका १२० जना भाइ बहिनी हरूले जंगलको रूपमा रहेको सभाहल एबं धामको वरपर क्षेत्रमा व्यापक सरसफाइ गरेका छन ।
जेठ १० गते हुने बृहत सत्संग मा भारतको उत्तराखण्ड का तथा सन्त निरंकारी मण्डल का प्रचार बिभाग प्रमुख हेमराज शर्मा को मुख्य विचार रहने
सन्त निरंकारी मण्डल सुदूरपश्चिम प्रदेश सत्संग कार्यक्रम व्यवस्थापन उप समिति संयोजक झंकर बहादुर बिष्ट ले जानकारी दिनुभयो ।

कार्यक्रम सन्त निरंकारी मण्डल नेपाल प्रमुख नरबहादुर रावलको अध्यक्षतामा सम्पन्न रहनेछ भने सन्त निरंकारी मिशन संग सम्बन्धित विभिन्न महात्मा हरूले विचार तथा भजन कृतन हरू प्रस्तुत हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply