अष्टम साना किसान सहकारीको दोस्रो एकीकरण दिवस भव्यताका साथ सम्पन्न

रिलिशा थारू
बाँके : अष्टम साना किसान कृषि सहकारी संस्था लि., शमशेरगंजले दोस्रो एकीकरण दिवस २०८२ सालको जेठ १ गते भव्यताका साथ सम्पन्न गरेको छ। समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तथा पूर्व सिँचाइ मन्त्री कृष्ण केसी ‘नमुना’, विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघ सञ्चालक तथा जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदी, सभाध्यक्ष संस्था अध्यक्ष देव बहादुर ओली लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एकीकरणको इतिहासलाई स्मरण गर्दै २०८१ जेठ १ गते बाँके जिल्लाका आठ सहकारी संस्थाहरू एकीकृत भई अष्टम साना किसान कृषि सहकारी संस्था नाममा स्थापना गरिएको थियो। यसैगरी, २०८२ जेठ १ गते थप तीन संस्थाहरूसँगको एकीकरणपछि हालसम्म ११ सहकारी संस्थाको एकता भई बाँकेकै उत्कृष्ट सहकारी संस्थाको रूपमा परिचित भएको हो।

हालसम्म संस्थाको सदस्य संख्या १५,१३३ पुगेको छ भने शेयर रकम रु २१ करोड १९ लाख, बचत रकम रु १ अर्ब १९ करोड ९७ लाख र लगानी रकम रु १ अर्ब ९४ करोड ७४ लाख रहेको छ। कुल वासलातको रकम २ अर्ब ३८ करोड पुगेको छ।

एकीकरण दिवस सप्ताहव्यापी कार्यक्रमका रूपमा मनाइयो। स्वास्थ्य शिविर, सहकारी शिक्षा, रक्तदान, दीप प्रज्वलन जस्ता विविध कार्यक्रम सञ्चालन गरिए। कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गरेको बनकटवा सेवा केन्द्र, उत्कृष्ट कर्मचारी गीता कुमारी पुनमगर, उत्कृष्ट रक्तदाता सेवा केन्द्र बिनौना तथा एकीकरणमा विशेष योगदान पुर्‍याउनु भएका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीलाई “अष्टम एकीकरण अवार्ड २०८२” प्रदान गरियो।

मुख्य प्रबन्धक केसीले सहकारी अभियानलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझै सशक्त सहकार्यको प्रतिबद्धता जनाउनुभयो। प्रमुख अतिथि सांसद केसी नमुनाले बाँके जिल्लामा सहकारीको माध्यमबाट किसानको समृद्धिमा योगदान दिन सधैं प्रतिबद्ध रहने बताउनुभयो।

कार्यक्रम बैजापुर साना किसान कृषि सहकारी संस्था लिकी प्रबन्धक भागीरथी लुंगेलीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply