आईपिए : हैदरावाद ६ विकेटले विजयी हुँदा लखनउ प्लेअफ होडबाट बाहिरियो

जेठ ६ धनगढी
भारतमा जारी इन्डिएन प्रिमियर लिग (आइपिएल) को प्ले अफ होडबाट लखनउ सुपरजायन्ट बाहिरिएको छ । सोमबार राती भएको खेलमा सनराईजर्स हैदरावादसँग ६ विकेटले पराजित भएसँगै लखनउ प्लेअफ होडबाट बाहिरिएको हो ।

प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउले दिएको २०६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतक प्रहार गरे । उनी २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाएर आउट भए ।

हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा रिटायर्ड भए । लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । लखनउका लागि दुई ओपनर एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन बनाए ।

योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ । अब मुम्बई र दिल्लीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply