टीकापुरमा मोटरसाइकल ठक्करबाट ४० वर्षीया महिलाको मृत्यु

गणेश क्षेत्री
कैलाली, टीकापुर — टीकापुर नगरपालिका वडा नं. ८ मा मोटरसाइकलको ठक्करबाट एक ४० वर्षीया महिलाको मृत्यु भएको छ।

जेठ २ गते बिहान करिब १० बजे टीकापुर नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय लोकेन्द्र साउदले चलाएको से ७ प ६९८७ नम्बरको मोटरसाइकलले दीप चाैधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई तत्काल उपचारका लागि कोहलपुर लगिएको थियो।

तर, आज जेठ ८ गते बिहान १०:३० बजे उपचारको क्रममा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नबिन राजा बुढाथोकीले जानकारी दिनुभयो।

सवारी चालक साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।

डीएसपी बुढाथोकीका अनुसार “सावधानी नअपनाउँदा दुर्घटना भएको हो। दुर्घटना त बाजा बजाएर आउँदैन,” भन्दै सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरूलाई तीव्र बनाइएको र यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply