जेठ १९ धनगढी
अछाममा बिषादी च्याउ खादा ३ बालबालिका बिरामी भएका छन् । आज अछाम रामारोशन ७ सुतारमा बिषादी च्याउ खादा उनीहरु बिरामी भएका हुन् ।
रामारोशन ७ सुतार बस्ने तारा भण्डारीको छोरा बर्ष २ को युवराज भण्डारी, छोरी ४ की रितिका भण्डारी र चेतमान भण्डारीको छोरा बर्ष ४ को जीवन भण्डारीले बिषादी च्याउ खादा बिरामी परेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आफ्नो घर वरीपरी खेल्ने क्रममा बिषालु च्याउ खाई बिरामि भएको उनले बताए । अवस्था मध्यम रहेको छ उनीहरलाई न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा ल्याइ उपचार भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1