हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १७औं वार्षिकोत्सवमा खाद्य सामग्री वितरण

जेठ २३ धनगढी । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालयले खाद्य सामग्री वितरण गरेको छ ।

बिहीबार प्रदेश कार्यालयले कैलालीको धनगढीस्थित दृष्टि फाउन्डेशनलाई खाद्य सामग्री वितरण गरेको हो ।

फाउन्डेशनलाई हिमालयन लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश उपप्रमुख प्रमानन्द पन्तले खाद्य सामग्री हस्तान्तरण गरेका थिए । खाद्य सामग्री हस्तान्तरण गर्दै उपप्रमुख पन्तले कम्पनीको वार्षिकोत्सवको अवसरमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी भएको बताए ।

उनले खाद्य सामग्री हस्तान्तरण गर्दै शेयरधनी,बीमित,अभिकर्ता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । खाद्य सामग्री वितरण कार्यक्रममा कम्पनीका शाखा प्रमुख प्रेमबहादुर ऐर,एमडीआरटी हरिश विक,कविता बिष्ट,मीना देउवा,तुलसी बिष्ट र अभिकर्ताको उपस्थिति रहेको थियो ।

कम्पनीले प्रदेश कार्यालय धनगढीमा केक काटेर १७औं वार्षिकोत्सव समेत मनाएको थियो । वार्षिकोत्सव कार्यक्रममा एमडीआरटी,एएम,अभिकर्ता सबैले खुशी साँटासाँट गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश उपप्रमुख पन्तले बीमा सेवालाई निरन्तरता दिँदै अभिकर्तालाई छिटोभन्दा छिटो सेवा दिने कुरामा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply