विपत्तिबाट सफलता: हमास–ईजरायल युद्ध बचेका प्रमोद भट्ट कृषि अधिकृतमा सिफारिस

जेठ २७, धनगढी – पढ्दै कमाउने सपना बोकेर ईजरायल पुगेका कर्णालीका युवा प्रमोद भट्ट अहिले कर्णाली प्रदेश लोकसेवा आयोगद्वारा सञ्चालित सातौं तहको कृषि अधिकृत पदको परीक्षा उत्तीर्ण गरी सिफारिस सूचीमा पर्न सफल भएका छन्।

विदेशिएको यात्राले उनलाई केवल श्रमको अनुभव मात्र होइन, जीवनका कठोर यथार्थहरूसँग जुध्ने साहस पनि सिकायो। हमास–ईजरायल युद्धको समयमा उनले त्यहाँका भयावह क्षणहरू प्रत्यक्ष अनुभव गरे। त्यही युद्धमा उनका १० जना नेपाली साथीहरूले ज्यान गुमाए, भने मेलौली नगरपालिका–९ असुर, बैतडीका विपिन जोशी अझै बेपत्ता छन्। तर प्रमोद भने शिवकेदार भगवानको कृपा, आफन्तहरूको आशीर्वाद र आफ्नो आत्मबलका कारण सकुशल स्वदेश फर्किए।

फर्किएपछि उनले त्यो पीडा भित्रमै दबाएर जीवनलाई पुनः निर्माण गर्न थाल्ने साहस देखाए। विदेशी भोगाइलाई ऊर्जा बनाउँदै कृषि क्षेत्रमा नै आफ्नो भविष्य खोज्ने अठोट लिए। कडा परिश्रम, निरन्तर अभ्यास र दृढ समर्पणको परिणामस्वरूप, उनी पहिलो प्रयासमै लोकसेवा परीक्षामा सफल भए।

यो सफलता प्रमोदका लागि मात्र होइन, देशभर संघर्षरत युवाहरूका लागि एउटा सशक्त प्रेरणा बनेको छ। आर्थिक कठिनाइ, युद्धको त्रास र मानसिक पीडालाई जित्दै उनले देखाएको मार्ग नेपाली युवा पुस्ताको संकल्प र साहसको अद्भुत उदाहरण हो।

भाइको यस सफलता देखेर उनकी दिदी भावुक हुँदै भन्छिन् –
“जय मेहनत, जय सफलता! प्रमोद, तिमीमाथि गर्व छ। तिमीले देखाएको बाटो सयौँ युवाहरूका लागि प्रेरणा बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply