सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन सबै एकजुट भएर लाग्नुपर्छ : मुख्यमन्त्री शाह

असार ३ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।
मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औं स्थापना दिवसका अवसरमा महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने ‘विश्वविद्यालयको राम्रो वातावरण बनाउन हामी सबै लागौँ,जुटौँ मेरो विनम्रतापूवक सबैमा आग्रह छ ।’ उनले भने ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ । रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’

उनले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply