कञ्चनपुरको कृष्णपुर–९ मा शंकास्पद वस्तु फेला, स्थानीय त्रसित – डिस्पोजल टोलीको पर्खाइमा

कञ्चनपुर, असार ४ –
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ चपरतलामा बुधबार साँझ बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। स्थानीय भगवती चौधरीले आफ्नै खेतमा केरा बोट सार्ने क्रममा प्लास्टिकको बोरा (कट्टा) मा बेरेर राखिएको, चार नटबोल्ट, सानो ब्याट्री, तार र जंग लागेको पाइप जडित अज्ञात वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको हो।

उक्त वस्तु खन्ने क्रममा कोदालो लागेपछि शंका लागेर नजिकबाट हेर्दा इलेक्ट्रोनिक सामग्री जडित जस्तो देखिएकोले स्थानीय त्रसित बनेका छन्।
विचवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देबबहादुर चन्दको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ। हाल महेन्द्रनगरबाट डिस्पोजल तथा अनुसन्धान टोली आउन बाँकी रहेको र घटनास्थल सिल गरिएको छ।

कृष्णपुर ९ का वडाध्यक्ष कैलाश बलायर, समाजसेवी र सर्वसाधारण घटनास्थलमै प्रहरीसँगै सुरक्षाको पर्खाइमा छन्। कञ्चनपुर र कैलालीको सिमानामा पर्ने यो क्षेत्रका बासिन्दा अहिले अनिश्चितताको चपेटामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply