पाँच घण्टादेखि शंकाको सन्नाटा, बम डिस्पोजल टोलीको प्रतीक्षा

हेमा भट्ट असार ४ धनगढी
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–९ चपरतलामा शंकास्पद बम जस्तो वस्तु फेला परेको छ। स्थानीय कृषक भगवती चौधरीले खेतमा काम गर्ने क्रममा प्लास्टिकको कट्टामा बेरेको उक्त शंकास्पद वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेकी हुन्।

इलाका प्रहरी कार्यालय र बीओपी सशस्त्र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगिसकेको भए पनि नेपाली सेनाको बम डिस्पोजल टोली भने अझैसम्म नपुगेको जनाइएको छ। धनगढीबाट आउने भनिएको टोलीको पर्खाइमा स्थानीय र सुरक्षाकर्मीहरू पाँच घण्टादेखि तनाव र त्रासदीको अवस्थामा छन्।



भोकभोकै प्रतीक्षारत सुरक्षाकर्मी र स्थानीय

घटनास्थलमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र उपस्थित सर्वसाधारणहरू उचित व्यवस्थाको अभावमा भोकभोकै बस्न बाध्य छन्। यस्तो संकटको घडीमा सुरक्षाकर्मीहरूको न्यूनतम आवश्यकताको बेवास्ता हुनु आफैँमा लज्जास्पद विषय हो।



कैलाली–कञ्चनपुर समन्वयमा गम्भीर प्रश्न

यो घटनाले कञ्चनपुर र कैलाली जिल्लाबीच आपतकालीन समन्वय र संकट व्यवस्थापनको स्तरमा रहेको असमानता र ढिलासुस्तीलाई छर्लङ्ग पारिदिएको छ। एउटै देशभित्रका छिमेकी जिल्लाहरूबीच यस्तो बेवास्ता किन? स्थानीयहरू प्रश्न गर्छन्—”हामी दोस्रो दर्जाका नागरिक हौं र?”

राज्य संयन्त्रको गति र संवेदनशीलताको परीक्षा संकटको बेलामा राज्य संयन्त्रको गति, समन्वय क्षमता र मानवीय संवेदनशीलताको परीक्षा लिने मौका यस्ता घटनाहरूले दिन्छन्। पाँच घण्टादेखिको यो प्रतीक्षा केवल डिस्पोजल टोलीको हैन— जनताको मनोबल र विश्वासको प्रतीक्षासमेत हो।

नेपाल सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक सरकारको ध्यान अब केवल बम डिस्पोजलमा हैन, सुरक्षाकर्मीहरूको तैनाथीपछि व्यवस्थापन, स्थानिय तहको आपतकालीन पूर्वतयारी, र समन्वय संयन्त्रको पुनरावलोकनमा जान जरुरी छ।
यो घटना एउटा चेतावनी हो— केवल शंकास्पद वस्तु होइन, शंकास्पद व्यवस्थाका विरुद्ध पनि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply