सशस्त्र प्रहरि बल ३४ नं को भजनिमा अन्तरक्रिया कार्यक्रम

असार ५ धनगढी
गणेश क्षेत्री / सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण, हेडक्वार्टर कैलालीको आयोजनामा भजनी नगरपालिकाको सभाहलमा सीमावर्ति बासिन्दासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जितको सभापतित्वमा भएको कार्यक्रम मा भजनी नगरपालिका नगरप्रमुख केवल चौधरी प्रमुख अतिथि रहनुभएको थियो
प्रमुख अतिथि मेयर चौधरी ले सिमा संबेदनसिल हुन्छ चेकजाँच मा कडाइ गरेकै राम्रो तर यो समय किसानले मुठि रोपेर मानो फलाउने हो तर कृषक ले खाद मल को लागि सास्ति खेप्नु परेको बताउनुभयो
खादमल लाइ सशस्त्र प्रहरी ले तस्करी भनेर रोक्न नहुने र के कसरि हुन्छ सहजीकरण गर्नुपर्ने मेयर चौधरी को भनाइ थियो

विशिष्ट अतिथि उपमेयर राजु तिरुवा ले सशस्त्र प्रहरी ले सिमामा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताउदै खेतिको समय छ अब खादमल मा के कसरि हुन्छ सहजीकरण गर्नुपर्ने बताउनुभयो ! खाद मल लाइ तस्करी को रुपमा हेर्नाले कृषक पिडामा रहेको उपमेयर को भनाइ थियो

भजनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने ले खेति लगाउनेबेला कृषि प्रधान देशमा खादमल नै नपाउनु भनेको हतियार नै नलगेर युद्धमा होमिनु जस्तै भएको बताउनुभयो !
भजनी नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता बिक्रम चौधरीले सरकारले उपलब्ध गराउने खादमल हात्तिको मुखमा जिरा भएको बताउनुभयो
त्यस्तै वडा नं. ५ का अध्यक्ष केशब बुढाले कृषिप्रधान देशमा कृषक हरु खादमल नपाएर भौतारिइ रहनु बिडम्मना भएको बताउनुभयो

गुलरिया का गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक फपेन्द्र केसि नेपाल,भारत सीमासम्बन्धी चुनौतीहरू र भन्सार छलिको विवरण प्रस्तुत गर्नुभएको थियो

कार्यक्रममा व्यापारी नैन बहादुर चौधरी, पत्रकार गणेश क्षेत्री, वडा सदस्य राजेन्द्र खनाल लगायतले सीमामा हुने समस्या, अवैध क्रियाकलाप नियन्त्रण,सुरक्षाको बारेमा प्रतिक्रिया दिएका थिए

३४ नम्बर गण का गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जितले सशस्त्र प्रहरी सिमामा हुने कुनैपनि अबैध र कानुन बिपरित हुने क्रियाकलाप रोक्न सक्षम रहेको बताउनुभयो। गणपति ले आफ्नो कार्यकालमा भन्सार छलि गरेको २ करोड ५० लाख बराबरको अबैध सामान नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको र सशस्त्र प्रहरी मानब अधिकार , चेलीबेटी बेचबिखन , लागु औषध नियन्त्रण गर्न र सिमा सुरक्षा गर्न कटिबद्ध रहेको बताउनुभयो कार्यक्रममा उठेका समस्या र जिज्ञासा बारे गणपतिले जवाफ दिनुभएको थियो । सीमा सुरक्षाका चुनौती, तस्करी नियन्त्रण, किसानका समस्या समाधान, नागरिकको भूमिका लगायत विषयमा प्रकाश पार्दै स्थानीय को भुमिका र साथको अपरिहार्यता रहेको बताउनुभयो
सशस्त्र प्रहरी निरीक्षक गोबिन्द प्रसाद सिबाकोटि कार्यक्रम को संचालन गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply