प्रभात मिडियाका संचालक प्रकाश छेडालद्वारा रैकवार खबर दैनिकलाई सम्मान SEE IDOL–4 मा सक्रिय भूमिका निर्वाह गरेको भन्दै मायाको चिनो र प्रशंसा–पत्र प्रदान

सरस्वती सुनार
सुदूरपश्चिम प्रदेशस्तरीय बहुप्रतिष्ठित नृत्य तथा गायन प्रतियोगिता SEE IDOL–4 को अवसरमा प्रभात मिडियाका संचालक श्री प्रकाश छेडालज्यूले रैकवार खबर दैनिक परिवारलाई विशेष प्रशंसा–पत्र र मायाको चिनो प्रदान गर्दै सम्मानित गर्नुभएको छ।

उक्त सम्मान कार्यक्रमको सफल आयोजना, समाचार सम्प्रेषण, प्रचार–प्रसारमा देखाएको सक्रियता, र नवप्रतिभाको आवाज बन्ने पत्रकारिताको योगदानप्रति उच्च कदर स्वरूप प्रदान गरिएको हो।

सम्मान प्रदान गर्दै संचालक छेडालले भने:

“रैकवार खबर दैनिकले देशका कुनाकन्दराबाट उदाउँदा प्रतिभालाई उजागर गर्न जुन साहसी भूमिका खेलेको छ, त्यो अत्यन्त प्रशंसनीय छ। तपाईंहरूको कलमको ऊर्जा र सामाजिक उत्तरदायित्वले प्रतियोगिताको प्रभाव अझ व्यापक बनाएको छ।”

कार्यक्रममा उपस्थित अतिथिहरू, आयोजक तथा सहभागीहरूले समेत रैकवार खबर दैनिकको योगदानलाई उल्लेखनीय भन्दै प्रसंसा गरेका थिए।

कार्यक्रमको समापनमा प्रभात मिडिया परिवार र SEE IDOL–4 आयोजक समितिले रैकवार खबर दैनिकलाई आगामी दिनहरूमा पनि यस्तै योगदानका लागि शुभकामना व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply