विद्यार्थीलाई निर्वाचन प्रणालीको व्यावहारिक ज्ञान दिन सरस्वती मा.वि.मा नमूना निर्वाचन सम्पन्न

हेमा भट्ट ६ असार २०८२
कञ्चनपुर, अमरपुर – २०८२ असार ६, शुक्रबार
श्री सरस्वती माध्यमिक विद्यालय, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा आज नमूना निर्वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कक्षा १० को सामाजिक अध्ययनको ‘निर्वाचन प्रणाली’ सम्बन्धी पाठको व्यावहारिक अध्ययन गराउने उद्देश्यले विद्यालयले दुई हप्ताअघि देखिको तयारीपछि जु.रे.स., बाल क्लब र इको क्लब अन्तर्गत पदाधिकारीहरू चयनका लागि यो निर्वाचन आयोजना गरेको हो।

कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो। उम्मेदवारहरूले प्रजातान्त्रिक प्रक्रिया अनुसार कक्षाकोठामा, प्राथना सभामा र घोषणापत्रमार्फत मत मागेका थिए।

विद्यार्थीहरूले नै उम्मेदवार, प्रतिनिधि, स्वयंसेवक, सुरक्षा कर्मी, पत्रकार, पर्यवेक्षक र मतदाताको भूमिका निर्वाह गरेका थिए भने शिक्षकहरूले प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदान अधिकृतको सहजीकरण गरेका थिए।

मतपरिणाम अनुसार विजयी भएका उम्मेदवारहरू यसप्रकार छन्:

जु.रे.स. क्लब प्यानल
अध्यक्ष: गौरख तमोनी,उपाध्यक्ष: सागर बिष्ट सचिव: महेश नाथ,सह–सचिव: जगदिश पन्त कोषाध्यक्ष: हेमन्तराज भट्ट,सदस्य: ललित कामी,कमल कुँवर,शिला ऐर,दिपक प्रसाद पन्त मिन बहादुर कुँवर,आयुष वहुवाल

बाल क्लब प्यानल
अध्यक्ष: निरज पन्त,उपाध्यक्ष: आस्था खड्का,सचिव: रजिष्मा वडायन,सह–सचिव: सेजल क्यानी,कोषाध्यक्ष: सुरेश विष्ट,सदस्य:
सुनिता विष्ट,दिया पन्त,तुलसी खत्री,निराजन धामी,सन्दीप साउँ,राजन सिंह ऐर

इको क्लब प्यानल
अध्यक्ष: राजन सिंह ऐर,उपाध्यक्ष: अपेक्षा विक,सचिव: सोन औजी,सह–सचिव: अनिता जोमी,कोषाध्यक्ष: रितिक विष्ट,सदस्य: अनिता विष्ट,रमिता बोहरा,विवेक विष्ट,भूवन जोशी सिजन कुर लगायत विजयी ।
निर्वाचन सम्पन्नपछि मतगणना गरी प्राप्त मत अनुसार विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। विद्यालयका प्रधानाध्यापक भरत तिरुवाले यस अभ्यासबाट विद्यार्थीहरूमा प्रजातान्त्रिक मूल्य–मान्यता, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

यसै अवसरमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विद्यालय परिसरमा योग अभ्यास पनि गरियो। बिहानको प्राथना सभामा योग प्रशिक्षकको सहकार्यमा विद्यार्थीहरूले विभिन्न योग अभ्यासमा सहभागिता जनाएका थिए।

नमूना निर्वाचनले विद्यार्थीलाई पुस्तकिय ज्ञानभन्दा बाहिर गएर व्यवहारिक तालिम दिने कार्यमा सार्थकता ल्याएको छ। सरस्वती मा.वि.को यस्तो प्रयास देशभरका विद्यालयहरूका लागि प्रेरणाको स्रोत बन्नेछ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply