कृष्णपुर नगरपालिकामा शिक्षक बैंकको तयारी सुरु

हेमा भट्ट
कञ्चनपुर-कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षक अभाव हटाउनका लागि शिक्षक बैंक प्रणालीको तयारी थालेको छ। चालु शैक्षिक सत्र २०८२ देखि लागू हुने गरी नगरपालिकाले यस प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाएको हो।

नगरप्रमुख हेमराज ओझाका अनुसार, सामुदायिक विद्यालयहरूमा रिक्त शिक्षक पदहरू शीघ्र पूर्ति गर्न तथा गुणस्तरीय शिक्षण वातावरण निर्माण गर्न शिक्षक बैंकको अवधारणा ल्याइएको हो।

“हामीले यसै शैक्षिक सत्रदेखि शिक्षक बैंकको तयारी गरेका छौँ,” मेयर ओझाले भने, “रिक्त रहेका शिक्षकलाई शीघ्र नियुक्त गरेर विद्यार्थीलाई समयमै पठनपाठनको वातावरण मिलोस् भन्ने उद्देश्य राखेका छौँ।”

उनका अनुसार, स्थायी, अस्थायी, करार तथा संघीय शिक्षण सहयोगमा कार्यरत शिक्षकहरूको विवरण संकलन गरी त्यसलाई सार्वजनिक रूपमा सूचना प्रवाह गर्ने काम भइरहेको छ।

शिक्षक बैंक प्रणाली लागू भएसँगै नगर क्षेत्रभित्रका विद्यालयहरूमा शिक्षक व्यवस्थापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ। रिक्त पदमा छिटो शिक्षक पठाउन, गुणस्तरीय शिक्षा दिन र शिक्षा प्रणालीमा पारदर्शिता ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply