४ लाख बढीको सामान बरामद

असार ९ धनगढी ।
कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका करिब ४ लाख १८ हजार एक सय मुल्यका सामान प्रहरीले बरामद गरेको छ । आईतबार कैलालीको धनगढी १५ उर्मी कालिका सामुदायिक बन र जानकी ७ स्थित पुछरी सडक खण्डबाट सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।

चिनी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी सामान बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply