हेमा भट्ट असार १०, २०८२
कञ्चनपुर – कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २ करोड २८ लाख ८२ हजार ४५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न १७औं नगरसभाबाट नीति, कार्यक्रमसहितको बजेट पारित गरिएको हो।
नगर उपप्रमुख द्रौपती रानाले बजेट र नीति कार्यक्रम प्रस्तुत गर्दै यसलाई समावेशी, पूर्वाधारमुखी र सामाजिक क्षेत्रकेन्द्रित बनाइएको जानकारी दिइन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना तथा आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखिएको बताइन्।
नगरपालिकाले प्रस्तावित कुल बजेट १ अर्ब २ करोड २८ लाख ८२ हजार ४५१ रुपैयाँलाई आम्दानी र खर्च बराबरी राखेर निम्नानुसार स्रोत निर्धारण गरेको छ:
आन्तरिक श्रोत८ करोडअन्य लाभांश २ करोडसंघीय वित्तीय समानीकरण१५ करोड ९९ लाखप्रदेश समानीकरण१ करोड ४९ लाख १३ हजारसंघीय राजस्व बाँडफाँड१५ करोड ३० लाख ९३ हजार ४५१प्रदेश राजस्व बाँडफाँड४७ लाख २१ हजारसामाजिक सुरक्षा२५ करोडसंघीय सशर्त अनुदान२५ करोड १ लाखप्रदेश सशर्त अनुदान१ करोड ९६ लाख ५५ हजारसंघीय सम्पूरक अनुदान८३ लाखप्रदेश सम्पूरक अनुदान२ करोड १० लाखसंघीय विशेष अनुदान४ करोड ५५ लाखप्रदेश विशेष अनुदान४० लाखजम्मा१,०१,२८,८२,४५१
नगर प्रमुख ओझाले स्वच्छ, हरित र नागरिकमैत्री नगरको परिकल्पना अनुरूप अगामी वर्षका कार्यक्रम निम्न प्राथमिकतामा केन्द्रित हुने बताए:
आधारभूत सेवा र संरचना विकास
गुणस्तरीय शिक्षा र स्वास्थ्य
सडक तथा ढल व्यवस्थापन
सूचना प्रविधिको प्रवर्द्धन
कृषि, उद्यमशीलता र रोजगार सृजना
सभाबाट पारित नीति कार्यक्रमअन्तर्गत आगामी वर्षमा निम्न मुख्य योजनाहरू समावेश छन्:
सर्पदंश उपचार केन्द्र – कृष्णपुर स्वास्थ्य चौकीमा स्थापना
कोल्ड स्टोर – वार्ड नं. ५, मोहना चोकमा
ओलम्पियन दीपक बिष्ट – सद्भावना दूतमा नियुक्ति
थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम – लबरु राना थारु समुदायका लागि
प्रदेश स्तरीय प्राविधिक शिक्षालय – वार्ड नं. ७ मा दक्षिण कोरियाको सहयोगमा
कृषि एम्बुलेन्स – व्यवस्था गरिने
तीनवटा रंगशाला – ठेक्का प्रक्रिया अगाडि बढाइने
सामुदायिक विद्यालय सुधार – अंग्रेजी माध्यममा पढाइ, दिवा तथा रात्रीकालीन छात्रावास
१५ सैयाको नगर अस्पताल – निर्माण प्रक्रिया अगाडि बढाइने
दमकल खरिद – यश आवमा
सवारी साधन व्यवस्था – नगर कार्यालयका लागि
विद्यालय बस सेवा – सामुदायिक विद्यालयका लागि
नगरसभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राष्ट्रसेवक कर्मचारी, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख ओझाले नीति तथा कार्यक्रम जनताको सहभागितासहित प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सम्पूर्ण नगरवासीप्रति आभार प्रकट गरे।
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (0.30095252, 0.45870537);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 49;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 51;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 50;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 51;