भीमदत्त नगरपालिकाको १७औं नगरसभा सम्पन्न, १ अर्ब ९३ करोडको बजेट पारित

असार १०, २०८२
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। जिल्लाकै पहिलो नगरपालिका रहेको भीमदत्तले मंगलबार सम्पन्न १७औं नगर सभाबाट १ अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ रुपैयाँ बराबरको बजेट पारित गरेको हो।
पुँजीगत वित्तीय समानीकरण (वडागत) : १२ करोड ७ लाख
विषयगत शाखा बजेट : २० लाख
नगरस्तरीय पुँजीगत योजना : ५ करोड ८३ लाख ८६ हजार ६८१
सवारी साधन मर्मत : ५३ लाख ७३ हजार ३१९
सशर्त अनुदान खर्च : ५४ करोड ९० लाख
विशेष अनुदान खर्च : २ करोड ३८ लाख
सामाजिक सुरक्षा : ५७ करोड
सडक बोर्ड : १ करोड
शहरी विकास आयोजना : २० लाख
आन्तरिक आय : २४ करोड ९२ लाख ३६ हजार ६८१
वडा कार्यालय चालु बजेट : ६६ लाख ५० हजार
विषयगत शाखा कार्यक्रम : २ करोड २० लाख
नगर विकास कोष : १ करोड
भारतीय दूतावास म्याचिङ ग्रान्ट : २ करोड
नगरस्तरीय पुँजीगत (थप) : १ करोड २ लाख १३ हजार ३ सय
विभिन्न कोषबाट विनियोजन : २ करोड ६५ हजार

भीमदत्त नगरपालिकाले आगामी वर्षदेखि महिलाको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले “छोरीबुहारी उच्च शिक्षा अध्ययन कार्यक्रम” सुरु गर्ने भएको छ।

नगर प्रमुख पदम बोगटीले नगरसभामा बोल्दै आर्थिक रूपमा विपन्न समुदायका महिलाहरूका लागि नयाँ कार्यक्रम ल्याइएको जानकारी दिए। उनका अनुसार, “यस कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुने छोरीबुहारीहरूलाई सहयोग पुर्‍याउनेछ। कार्यविधि बनाएर कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।”

भीमदत्त नगरपालिकाको बजेटले भौतिक पूर्वाधारसँगै सामाजिक विकासलाई पनि समेटेको देखिन्छ। विशेषगरी महिलाको शिक्षा, सामाजिक सुरक्षा तथा अनुदानमार्फत समावेशी विकासमा जोड दिएको स्पष्ट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply