गणेश क्षेत्री असार १०-२०८२
कैलाली जिल्लाको पुरानो महत्त्वपूर्ण बजार भनेर चिनिने भजनी नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा खाना र खाजामा मात्रै ५० लाख ७३ हजार रुपैयाँमा खर्च गरेको छ भने नगरपालिका को आन्तरिक आम्दानी भने बार्षिक १ करोड ९४ लाख ३६ हजार रहेको छ
कर्मचारी को बैठक भत्ता मात्रै २१ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ भने पदाधिकारी को सुबिधा र बैठक भत्तामा १ करोड १४ लाख रुपैयाँ खर्च भएको छ
नगरपालिका ले पटकपटक आफ्नो निकट को होटलमा खाजा र खाना खुवाएको भन्दै चर्को आलोचना सामाजिक सन्जाल र सन्चार माध्यम मा भएपछि नगरप्रमुख ले सबैलाई ब्यवसायिलाइ समान ब्यवहार गरिनेबताउनुभयो
माथिको विवरण ले मात्रै पनि भजनि का पदाधिकारी र कर्मचारी तन्त्र को मनपरि ले सीमा उल्लंघन गरेको देखिन्छ
त्यसैगरि भ्रमण खर्चमा ४३ लाख ५५ हजार रुपियाँ खर्च गरेको देखिए पनि भ्रमणका उपलब्धि र प्रतिबेदन पनि देखिदैन महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार नगरपालिकाले इन्धनमा मात्रै ५१ लाख ५२ हजार रुपियाँ खर्च गरेको छ
सुशासनमा ०.४१ प्रतिशत खर्च गरेको भजनी नगरपालिकाले सूचना दिने नाममा गरेको खर्चमा पनि अनिमियतता गरेको छ बिनाबिल भर्पाई मधेश प्रदेशको एक कर्मचारी समितिलाई दिएको ५० हजार रुपियाँ पनि बेरुजु देखिएको छ
नगरपालिकाले एक करोड ६६ लाख ६० हजार रुपियाँ बराबरको खरिद कार्य बिना प्रतिस्पर्धा गरेको छ ।
छ करोड ८५ लाख ७६ हजार रुपियाँ रकमान्तर गरी खर्च गरेको छ भने नगरपालिकाको बेरुजु चार करोड ७४ लाख थपिएर ३७ करोड ४० लाख रुपियाँ पुगेको छ
नगर प्रमुख केवल चौधरी खाना खाजामा कर्मचारी हरु , जनप्रतिनिधिहरु सबै कार्यक्रम मा भोकै आउनाले खर्च भएको बताउनुभयो भने इन्धन खर्च बाटो मर्मत लगायतमा खर्च भएको बताउनुभयो
नागरिक ले तिरेको करको जनप्रतिनिधि र कर्मचारी हरुले दोहन गरेको स्थानीयहरुले बताउँदै नगरपालिका को समुन्नत बिकाश को लागि जनप्रतिनिधि र कर्मचारीहरु सच्चिनुपर्ने देखिन्छ
नगरप्रमुख केवल चौधरी चुक भएकै छ यो आर्थिक बर्षमा सुशासन कायम र आर्थिक पारदर्शिता मा जोड दिने बताउनुभयो