पुनर्वास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि ७५ करोड ७७ लाखको बजेट पारित

धनबहादुर बिक –
पुनर्वास १० असार
पुनर्वास नगरपालिका को १७ औं नगरसभा नगरपालिका को सभाहलमा शुभारम्भ भएको छ ।
मंगलबार पुनर्वास नगरपालिका को सभाहलमा बिबिध कार्यक्रम का साथ सुभारम्भ भएको हो ।
नगर प्रमुख तोय प्रसाद शर्माले सभाको अध्यक्षता गर्दै पानसम वत्ति बालेर सभाको उद्घाटन गर्नुभएको थियो ।
पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँको बजेट पारित गरेको छ। नगर सभाको बैठकमा मंगलबार, २०८२ असार १० गते, प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८२ मा उक्त बजेट प्रस्ताव गरिएको हो। नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम प्रस्तुत गरिएको बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई प्रमुख आयको रूपमा देखाइएको छ।

कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ २८ करोड ६८ लाख, र राजस्व बाँडफाँडबाट १२ करोड ७० लाख १३ हजार ६१ रूपैया प्राप्त हुने अनुमान छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रू १ करोड ४२ लाख ३ हजार, विशेष अनुदान रु. ४५ लाख, समपुरक अनुदान रु. ६९ लाख, र सवारी साधन कर बाँडफाँडबाट रु. ८५ लाख २ हजार प्राप्त हुनेछ। नगरपालिकाले आन्तरिक राजस्वबाट रु. ४ करोड ३० लाख र अनुमानित अल्या भई आउने रु. ९ करोडसहितका आन्तरिक आयको अनुमान गरेको छ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। बजेटमा शिक्षा क्षेत्रका लागि रु. २ करोड, स्वास्थ्यका लागि रु. १ करोड, कृषि विकास शाखाका लागि रु. ८० लाख, र पशु विकास शाखाका लागि रु. ६० लाख विनियोजन गरिएको छ। हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशुमा आधारित युवा उद्यमशीलता कार्यक्रमका लागि थप रु. १ करोड छुट्याइएको छ। यसैगरी नगर स्तरीय योजनाका लागि रु. ४ करोड, क्रमिक रूपमा रहेका योजनाका लागि रु. ५ करोड ५० लाख, र समपुरक कोषका लागि रु. ५ करोड विनियोजन गरिएको छ। त्यसैगरी सामाजिक विकासतर्फ युवा तथा खेलकुदका लागि रु. २५ लाख र विपद् व्यवस्थापनका लागि रु. ४० लाख बजेट विनियोजन भएको छ।

नगरपालिकाले ११ वटै वडाहरुका लागि योजनागत पुँजीगत खर्च (सिलिङ) समेत तोकेको छ। जसअनुसार वडा नं. १ का लागि रु. ५५ लाख, वडा नं. २ का लागि रु. ५० लाख, वडा नं. ३ का लागि रु. ४० लाख, वडा नं. ४ का लागि रु. ४० लाख, वडा नं. ५ का लागि रु. ५५ लाख, वडा नं. ६ का लागि रु. ४५ लाख, वडा नं. ७ का लागि रु. ४० लाख, वडा नं. ८ का लागि रु. ५० लाख, वडा नं. ९ का लागि रु. ५५ लाख, वडा नं. १० का लागि रु. ४५ लाख, र वडा नं. ११ का लागि रु. ५५ लाख विनियोजन गरिएको छ।

सबै वडाहरुका लागि चालु खर्चतर्फ कुल रु. ३३ लाख छुट्याइएको छ। विनियोजन विधेयक अनुसार, नगर कार्यपालिकाले आवश्यकता अनुसार एक शीर्षकको कुल रकमको २५ प्रतिशतमा नबढ्ने गरी अर्को शीर्षकमा रकम सार्न सक्नेछ, तर सोभन्दा बढी रकम सार्न परेमा नगर सभाको स्वीकृति अनिवार्य हुने नगरसभा मा प्रस्तुत गरिएको थियो ।
यसैबीच पुनर्वास नगरपालिका को उत्कृष्ट लोगो डिजाइन गर्ने पुनर्वास नगरपालिका ६ टाउन निवासी रमेशकुमार बिस्वकर्मा लाई नगद रू २० हजार कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो भने पुनर्वास नगरपालिका वडा नम्बर ४ का समाजसेवी रामचन्द्र भट्टराई तथा वडा नम्बर ५ का तेज बहादुर बोगटी दुबैलाई जनही ५ हजार नगद तथा कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै नगरपालिका मा बर्षकै उत्कृष्ट कार्यलय सहयोगी कर्मचारी भुमि प्रसाद तिवारी लाई समेत सम्मान गरिएको थियो ।
नगरसभामा नगर उप प्रमुख भुलिया कुमारी रानाले आर्थिक बर्ष ०८२/०८३ का लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम को सञ्चालन विपद व्यवस्थापन फोकल पर्सन ओमनाथ ढकालले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply