हेमा भट्ट असार १०, २०८२
कञ्चनपुर -कृष्णपुर नगरपालिका–२, बंकस्थित श्री उदय माध्यमिक विद्यालयमा नेपाली सेनाको समन्वयमा सञ्चालित राष्ट्रिय सेवा दल (NCC) जुनियर डिभिजन तालिमको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।
विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास तथा राष्ट्रसेवाको भावना जागृत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा नेपाली सेनाका अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घोषक: नारु देवी पाण्डेय (शिक्षिका) सभाध्यक्ष: श्री दिपेन्द्र बहादुर पाल (विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,प्रमुख अतिथि: कृष्णपुर नगरपालिकाका २ का वडा अध्यक्ष अर्जुन सिंह साउँद ,विशिष्ट अतिथि: नेपाल सेनानी सन्तोष अधिकारी (गुल्मपति, नेपाली सेना) वक्ताहरूले एनसीसी तालिम युवाहरूको क्षमता र आत्मबल अभिवृद्धि गर्ने अवसर भएको उल्लेख गरे।
कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन साउँदले भने, “यस्ता कार्यक्रमले राष्ट्रलाई सक्षम र अनुशासित नागरिक दिन्छ। विद्यार्थीहरूको समग्र विकासका लागि वडा कार्यालय सधैं तयार छ।”
सेनानी सन्तोष अधिकारीले एनसीसीको महत्त्वलाई जोड दिंदै भने, “राष्ट्रिय सेवा दल केवल सैनिक अनुशासन होइन, यो नेतृत्व, सेवा भावना र राष्ट्रप्रेम सिकाउने गहिरो अभ्यास हो।”
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री पालले विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन हुनु गौरवको विषय भएको बताए।
करीब ३ महिनासम्म सञ्चालन हुने तालिममा शारीरिक व्यायाम, अनुशासन कक्षा, सामूहिक गतिविधि, समाजसेवा अभ्यास लगायतका विभिन्न कार्यक्रमहरू समावेश गरिनेछ।
विद्यार्थीहरूको मार्चपास प्रदर्शन
एनसीसी क्याडेटहरूको तालिमको नमुना
सांस्कृतिक प्रस्तुति र गीत–संगीत
उक्त तालिमले विद्यालयस्तरमै विद्यार्थीहरूलाई नेतृत्वको अभ्यास, आत्मानुशासन र राष्ट्रसेवाको दिशामा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।