असार ११ धनगढी
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा महिला रेडियोलोजिष्ट हुँदा महिला बिरामीलाई सहज हुन थालेको छ ।
अस्पतालले रेडियोलोजिष्ट डा. रिहा ढुंगेलबाट सेवा दिन थालेपछि महिलालाई चेकजाँच गर्न सहज हुन थालेको हो ।
महिला रेडियोलोष्टिक हुँदा महिला विरामीका लागि फाइदा हुने गरेको डा. ढुंगेलले बताइन् । उनले भनिन् ‘महिला रेडियोलोजिष्ट हुँदा महिलाका पाठेघर,यौनी सम्बन्धी समस्या छन् भने खुलेर भन्न सक्ने अवस्था हुन्छ । महिलालाई आफ्ना समस्या भन्न सहज हुन्छ ।’
उनले भनिन् ‘कहिले काँही पेटबाट नभएर ट्रान्सभेजाइनर अल्ट्रासाउण्ड हुन्छ । त्यसमा पनि धेरैजसो महिला पुरुषसँग हिचकिचाउने हुन्छ । यहाँ महिला हुनुहुन्छ भनेर विशेष गरि महिला बिरामी आउनुहुन्छ ।’
उनले अस्पतालमा धेरै किसिमका बिरामी आउने गरेको बताइन् । उनले भनिन् ‘रेडियोलोजिष्ट कहाँ हरेक किसिकमा महिला,पुरुष बिरामी आउनुहुन्छ ।
यहाँमात्रै नभएर सुदूरपश्चिमै होला बढी जसो पत्थरीका विरामीहरु आउनुहुन्छ ।’
यस अस्पतालले गत बैशाखदेखि सय शय्याको अनुमति सहित पूर्णकालीन सेवा पनि सुरु गरेको अस्पतालका अध्यक्ष दीपेन्द्रप्रसाद तिवारीले बताए ।
उनले हाल अस्पतालले नसा तथा मानसिक रोग विशेषज्ञ,हाडजोर्नी तथा नसारोग विशेषज्ञ,युरो सर्जरी,जनरल मेडिसिन तथा फिजिसियन सेवा दिँदै आएको बताए ।
त्यस्तै,अस्पतालमा गाइनोलोजी,छाला तथा यौनरोग सम्बन्धी,नाक कान घाँटी सम्बन्धी,फिजियोथेरापी सेवालगायत मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा रहेको बताए ।
उनले भने ‘२४सै घण्टा सुलभ फार्मेसी सेवा तथा ल्यावको सुविधा पनि सञ्चालनमा ल्याएका छौँ । सदूरपश्चिमै पहिलो पटक संक्रमणरहित मोडलोओटी सेवा पनि सञ्चालनमा ल्याएका छौँ ।’