लामिछानेमाथि प्रतिशोधको विरोधमा सुदूरपश्चिममा हस्ताक्षर अभियान सुरु

असार ११,२०८२
धनगढी -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि गरिएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सुदूरपश्चिम प्रदेशको धनगढीबाट हस्ताक्षर अभियान सुरु गरेको छ।

मंगलबारदेखि अस्थायी राजधानी धनगढीमा शुरु गरिएको उक्त अभियानमा भौतिक तथा डिजिटल दुवै माध्यमबाट हस्ताक्षर संकलन गरिँदैछ। रास्वपाका सुदूरपश्चिम प्रदेश नेता ज्ञानेन्द्र महताका अनुसार, अभियानले अन्यायको विरुद्ध आवाज उठाउन जनसमुदायको ध्यान खिचिरहेको छ।

“सभापतिलाई जेल हालेर पार्टी सिध्याउने षड्यन्त्र”नेता महताले भने, “रवि लामिछानेलाई सहकारी काण्डमा जेलमा राखेर रास्वपा सिध्याउने राजनीतिक षड्यन्त्र भइरहेको छ, जुन जनताले बुझिसकेका छन्। त्यसको स्पष्ट जवाफ आगामी **०८४ को निर्वाचनमा दिनेछन्।” उनका अनुसार, यो अभियान छिट्टै सबै जिल्लाहरू र स्थानीय तहहरूमा समेत विस्तार गरिनेछ।

“गणतन्त्रको कोपिला निमोठ्न खोजियो”रास्वपाले सरकारमाथि गम्भीर आरोप लगाउँदै भनेको छ — सरकारले आफ्ना नजिकका सहकारी ठगीका दोषीहरूलाई संरक्षण दिँदै, प्रतिपक्षी दलको नेतृत्वमा रहेका व्यक्तिहरूमाथि मात्र आक्रमण गर्ने प्रयास भइरहेको छ। रास्वपाको भनाइमा, “यो काम गणतन्त्रमा उम्रिरहेको राजनीतिक परिवर्तनको कोपिलामाथि निर्मम प्रहार हो।”

मानव तस्करीविरुद्ध पनि निरन्तर आन्दोलन रास्वपाले हालै चर्चामा रहेको ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करी प्रकरणविरुद्ध पनि निरन्तर आन्दोलन जारी राखेको जनाएको छ। गत जेठ १३ गतेदेखि संसददेखि सडकसम्म पार्टी आन्दोलित रहँदै आएको छ।

पार्टीका अनुसार, सरकार मानव तस्करीमा संलग्न सत्तारुढ दलका नेता र कार्यकर्तालाई जोगाउँदै, विपक्षी नेताहरूलाई झुटा मुद्दा लगाएर फसाउन उद्दत भएको छ। यही सन्दर्भमा सुरु गरिएको हस्ताक्षर अभियानमा आम नागरिकको समर्थन उल्लेखनीय रूपमा बढिरहेको दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply