असार १४ धनगढी
राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार यस वर्षको एसइईमा देशभर ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना ग्रेडेड भएका हुन ।
यस वर्षको उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढेको छ । गत वर्षको एसइईमा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस वर्ष सुदूरपश्चिमबाट ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी भएकोमा ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन । परीक्षामा सहभागी २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् ।
ननग्रेड भएका विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षाको व्यवस्था गरिएको छ ।
नतिजा सुधार
सुदूरपश्चिमबाट अघिल्लो वर्ष एसइईमा सहभागी भएका ३१.८८ प्रतिशत विद्यार्थी मात्रै (ग्रेडेड) उत्तीर्ण भएका थिए ।
गत वर्ष सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागि भएकोमा ३६ हजार ४१० विद्यार्थी (ननग्रेडेड) फेल भएका थिए ।