धनबहादुर बिक –
पुनर्वास –
२२ औं राष्ट्रिय दिवस तथा रोपाइँ महोत्सव कञ्चनपुर को पुनर्वास मा समेत भब्यताका साथ मनाईएको छ ।
धान बालीमा सघनता खाद सुरक्षा र आत्मनिर्भरता भन्ने राष्ट्रिय नारा सहित २२ औं राष्ट्रिय दिवस तथा रोपाइँ महोत्सव २०८२ बिबिध कार्यक्रम का साथ मनाईएको हो ।
गतबर्ष पुनर्वास नगरपालिका वडा नम्बर ११ का किसानको खेतमा मनाईएको धानदिवस कार्यक्रम पुनर्वास नगरपालिका वडा नम्बर १ का सदस्य गोमा बिष्ट अवस्थिको खेतमा धान दिवस कार्यक्रम को आयोजना गरिएको हो ।
पुनर्वास नगरपालिका कृषि शाखा ले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले राष्ट्रिय धान दिवसको सम्पूर्ण किसानहरूलाई शुभकामना व्यक्त गर्दै किसानलाई अब आधुनिकिकरण संगै व्यवसायीकरण तर्फ जोडनुपर्ने कुरामा जोड दिनुभयो । जबसम्म एउटा किसानले कृषि पेशाबाट बर्षभरि खानलाउन पुर्याउन सक्दैन कृषि पेशा गर्नुको कुनै औचित्य नहुने मन्त्री थापाले दावी गर्नुभयो । मन्त्री थापाले किसानलाई आत्मनिर्भर बनाउन का निमित्त तिनवटै तहका सरकारले वातावरण अनुकुलित बजेट लगानि गर्नुपर्ने र त्यसो गर्न सकियमा किसानलाई आर्थिकरूपमा माथि उठाउन सकिने र अनिमात्र समृद्धि को कल्पना गर्न सकिने उहाँले जोड दिनुभयो । सरकारले कृषि क्षेत्र विकासका लागि अधिकतम योजना ल्याउन सकेको खण्डमा युवाहरूलाई स्वदेशमै रोजगार को वातावरण सृजना गर्न सकिने पनि मन्त्री थापाले आफ्नो भनाइमा जोड दिनुभयो ।
यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मन्त्रालय मार्फत किसानका लागि धेरै योजना हरू सञ्चालनमा ल्याएको कुरालाई अवगत गराउनुभयो यद्यपि सरकार बाट अनुदान प्राप्त गर्ने बिषयमा पुनर्वास का कृषकहरू सचेत नहुने गरेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम सरकारले किसानहरूका लागि उपलब्धता गराउदै आएको विभिन्न सेवा सुबिधा का बिषयमा चासो नदिंदा बजेट फ्रिज हुनेगरेको मन्त्री थापाले गुनासो व्यक्त गर्नुभयो । सरकारले धेरै शिर्षक मा किसानहरूलाई सहज हुने अभिप्राय ले नितिनियम बनाई सूचना जारी गर्दै आएपनि पुनर्वास का किसानहरूले सूचना प्रति वास्ता नगरिदिंदा उनिहरू ठगिदा आएको मन्त्री थापाले गुनासो व्यक्त गर्नुभयो ।
मन्त्री थापाले किसानहरूको माग अनुसार पुनर्वास को माथिल्लो भागका जमिनहरूमा यस बर्ष चार सयभन्दा बढी सानो टुवेल जडान गरिएको र खल्ला जग्गा हरूमा केही थान ठुलो ड्युप ट्युबेल जडान गरि सकिएको तथा आगामी बर्षमा पनि चारसय थान सानो बिधुत्तिय ट्युबेल जडान गरिने जानकारी दिनुभयो ।
मन्त्री थापाले परम्परागत कृषि पेशालाई परिवर्तन गरि अब किसानहरूले नयाँ प्रबिधि अपनाएर कृषि पेशामा लाग्न मन्त्री सुझाव दिंनुभयो ।
कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले धान दिवसको शुभकामना व्यक्त गर्दै नेपाल मा सदीयौंदेखि असार महिनामा परम्परागत धान रोपाइँ गर्दै दहि चिउरा खादै धान रोप्ने चलन रहिआएको र सोही बिषयलाई मध्येनजर गरि २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रूपमा मनाउन सुरु गरेको बताउनुभयो ।
उहाँले नगरपालिका मातहतका कर्मचारीलाई किसानका हरेक समस्याको पहिचान गरि समस्या समाधान तर्फ लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
नगर प्रमुख शर्माले पुनर्वास का किसानको जिवनस्तर माथि उठाउन किसानमैत्री योजना ल्याउन सुदूरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिरबहादुर थापालाई आग्रह गर्नुभयो ।
पुर्व नगरप्रमुख जिबनराज थापाले पछिल्लो समय जनसंख्या वृद्धि संगै जग्गाजमिन खण्डिकृत समस्या बढ्दै गईरहेकोले खेतियोग्य जमिन घटनेक्रम रहेको बताउनुभयो । अब किसानहरूले परम्परागत अन्नबाली भन्दापनि आधुनिक तथा थोरै जमिनमा धेरै उत्पादन हुने जस्ता नगदे बाली तर्फ कृषि पेशा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नगर उप प्रमुख भुलिया कुमारी रानाले धान दिवसको शुभकामना व्यक्त गर्दै पुनर्वासको भौगोलिक बिषय लाई मध्येनजर गरि कृषि मा आधारित धेरै भन्दा धेरै योजना हरू ल्याउन कृषि मन्त्री थापालाई अनुरोध गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार का कृषि मन्त्री पुनर्वास कै वासिन्दा हुनु हामी पुनर्वासी का लागि गौरवको बिषय भएको र पुनर्वास का किसानहरूले यसलाई अवसरको रूपमा लिनुपर्छ उपप्रमुख रानाले जोड दिनुभयो ।
कार्यक्रममा पुनर्वास कृषि शाखा प्रमुख ललिता चौधरीले नेपाल मा कृषि को महत्त्व त कृषिबाट खाद्यान्न उत्पादन को तथ्यांक तथा कृषि पेशा संग सम्बन्धित महत्त्वपूर्ण बिषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा ११ वटै वडाका अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य प्रमुख प्रशासकीय अधिकृत नगरपालिका अन्तर्गत विभिन्न शाखा का कर्मचारी , स्थानीय समाजसेवी हरूको उल्लेख्य सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम पश्च्यात अतिथि हरूले खेतमै गएर धान रोपाइँ मा सहभागी भएका थिए ।
पुनर्वास नगरपालिका २ का अगुवा कृषक दुर्गा चौधरी ले स्वागत गर्नुभएको कार्यक्रम को सञ्चालन पुनर्वास कृषि शाखा नायव प्राबिधिक सहायक उदयराज ओझाले गरेका थिए