माओवादी केन्द्र भीमदत्त नगरको भेला सम्पन्न

कञ्चनपुर -भीमदत्त नगरमा हुने सबैखाले बेथिति र भ्रष्टाचार विरुद्ध सशक्त खबरदारी गर्ने घोषणा

कञ्चनपुर, असार १७
नेकपा (माओवादी केन्द्र) भीमदत्त नगरको भेला मंगलबार महेन्द्रनगरमा सम्पन्न भएको छ। भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले नगरमा बढ्दो बेथिति, भ्रष्टाचार र अनियमितताको विरोधमा पार्टीले सशक्त खबरदारी अभियान सञ्चालन गर्ने बताएका छन्।

भेलामा बोल्दै माओवादी केन्द्रकी नेतृ माया नेगीले नगरभित्रका योजना ठेकेदार र बिचौलिया गिरोहको नियन्त्रणमा चलेको आरोप लगाइन्। “तीनै तहका सरकारबाट सञ्चालित अधिकांश योजना जनमुखी नभई व्यक्तिगत लाभका लागि निर्माण गरिएका छन्,” उनले भनिन्।

पार्टीका तर्फबाट भुवन कुँवरको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ। समितिले विपद् व्यवस्थापनका नाममा हुने कागजी कार्यक्रम र बजेट दोहनको विरुद्धमा निगरानी र खबरदारी गर्नेछ।

युवा नेता दशरथ भण्डारीले पार्टीले संस्थागत रूपमा निगरानी गर्न नसक्दा नगरमा भ्रष्टाचार मौलाएको बताए। “अब नगरस्तरबाटै भ्रष्टाचार विरुद्धको संघर्षको सुरुआत हुन्छ,” उनले चेतावनी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य जयराज पाण्डेयले माओवादी पार्टीले भीमदत्त नगरभित्र हुने सबैखाले भ्रष्टाचार र बेथिति विरुद्ध सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

भेलामा सहभागी स्थानीय नेताहरूले सरकार जनताको आवश्यकतालाई बेवास्ता गरी निकट व्यक्तिको पोषणमा लागेको आरोप लगाए। जनताका आधारभूत समस्या जस्ताको तस्तै रहेको अवस्थामा सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै संघर्षको चेतावनीसमेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply