जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आए

असार १७ धनगढी
सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार यसबारेमा जानकारी दिएको हो ।

सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतबाट आएको छ । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ, जहाँबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै, तेस्रोमा चीन (६ हजार ७३६), चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) छन् ।

पर्यटक आउने शीर्ष १० मुलुक
१. भारत — ३२,६६२
२. अमेरिका — ९,६९६
३. चीन — ६,७३६
४. बङ्गलादेश — ५,४४९
५. बेलायत — २,२८४
६. अष्ट्रेलिया — १,८३१
७. मलेसिया — १,३४८
८. भुटान — १,१६७
९. जापान — १,०१९
१०. दक्षिण कोरिया — १,००२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply