भन्सार छलीका सामान नियन्त्रणमा

असार १८ धनगढी
प्रहरीले कैलालीमा अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ तिलकेताल, त्रिनगर भन्सार कार्यालय नजिक र वडा नं.१९ चाँदकी पार्कबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१ लाख ५९ हजार ९ सय बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त मूल्यका चिनी, बिडी, सुर्ती, चुरोट, सुटपिस, टप्स, कुर्ती, प्लाजु, साडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply