धनबहादुर बिक –
पुनर्वास – समुदाय – प्रहरी साझेदारी , शान्तिपूर्ण एबं सुरक्षित समाजका लागि नागरिक सुनवाइ बिषयक एकदिवसीय कार्यक्रम बुधबार पुनर्वास नगरपालिका मा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले आयोजना गरेको कार्यक्रम मा स्थानीय सरोकारवाला व्यक्ति हरूले राखेको जिज्ञासा लाई कञ्चनपुर का प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल , कञ्चनपुर जिल्ला प्रहरी प्रमुख खडक बहादुर खत्री सशस्त्र प्रहरी ३५ नम्बर गण वाहिनीपति लोकेन्द्रबहादुर भट्टले स्पष्ट पार्नुभएको थियो ।
नागरिक हरूबाट आएको जनगुनासो र जिज्ञासा अनुसार पूरा गर्न प्रतिबद्ध रहेको उहाँहरूले जनाउनु भएको छ ।
जिल्लाका कुनाकन्धरामा जनताका के कस्ता गुनासा हरू छन भनेर नै हामीले यो कार्यक्रम को आयोजना गरेका हौ प्र जि अ ढकालले बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सिमा नाकाबाट बढ्दै गईरहेको लागुऔषध , दुर्व्यशनि , मानव बेचबिखन , चोरि तस्करी तथा गाउँ स्तरमा मौलाउँदै गईरहेको जुवातास खडखडे जस्ता विकृति लाई न्युनिकरण गर्न यथासिघ्र पहल गरिनुपर्ने जोड दिएका थिए ।
यसैबीच पुनर्वास ८ का युवा व्यवसायी करण ऐडीले सिमा सशस्त्र तथा जनपद प्रहरी कै मिलोमतोमा चोरी तस्करी बढेको आरोप लगाए । कार्यक्रम को अन्तरक्रिया मा बोल्दै उनले भने २/३ किलोमिटरको दुरिमा सिमा सशस्त्र प्रहरी ले पहरा दिंदादिदै पनि भारतबाट अवैध बोईलर कुखुरा , अण्डा , माछा डिउ लगायत मालसामान हरू निर्वादरूपमा भित्रिने प्रवृत्तिले प्रहरी माथि प्रश्नचिह्न खडा भएको उनलेे बताए । कुखुरा फर्म व्यवसायी समेत रहेका ऐडीले भने हामीले सरकारलाई नियमित कर तिरिरहेका छौ तर छिमेकी भारतबाट अनियन्त्रित रूपमा अबैध कुखुरा लगायत मालसामान भित्रिनाले व्यापारी हरू धरासायी हुनुपरेको छ ऐडीले भने ।
प्रहरी र जिल्ला प्रशासनले चाहने हो भने भोलिदेखि नै चोरि तस्करी नियन्त्रण हुनसक्छ यद्यपि समस्याको बिषयमा पटकपटक जानकारी गराउँदा समेत पहल हुन सकेको छैन उनलेे गुनासो व्यक्त गरे । प्रहरीलाई ठाडो चुनौती दिंदै उनले भने यदि तपाईं हरू जनताप्रति ईमानदार हुनुहुन्छ भने भोलि देखि नै यस्तो विकृति रोकिनसक्छ । जनचासो संग सम्बन्धि यस्ता कार्यक्रम हरू बन्दकोठामा नभई खुलारूपमा सञ्चालन हुनुपर्ने उनलेे सुझाव दिए ।
सार्वजनिक सुनवाइ को अन्तरक्रिया कार्यक्रममा पुनर्वास नगरपालिका पुर्व नगर प्रमुख जिबनराज थापा , पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी , नेकपा माओवादी नेता रामबहादुर देवकर , माओवादी नेता कञ्चन गिरी , नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखा अध्यक्ष कृष्णबहादुर तामाङ , समाजसेवी सिताराम खड्का , धोके राना , करण ऐडी , मिरा चन्द , तिर्थबहादुर बस्नेत लगायतले फरकफरक जिज्ञासा हरू राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले जनता संग सम्बन्धित सार्वजनिक सेवा प्रवाह बिषयको कार्यक्रम पुनर्वास मा आयोजना गरिएकोमा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले धन्यवाद दिएकाथिए ।