उदय बाल क्लबद्वारा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना र्‍याली सम्पन्न

वासुदेव पाण्डे
कृष्णपुर, २०८२ असार — समाजमा बढ्दो रुपमा देखा परिरहेको लागुऔषध दुरुपयोग तथा यसको नकारात्मक असरप्रति जनचेतना फैलाउने उद्देश्यले आज कृष्णपुरमा एक सन्देशमूलक सचेतना र्‍याली सम्पन्न भएको छ।

उक्त कार्यक्रम उदय बाल क्लबको आयोजना र उदय माध्यमिक विद्यालयको सहकार्यमा सम्पन्न भएको हो। बिहान ठीक ८ बजे उदय माविको प्राङ्गणबाट सुरु भएको र्‍याली बंकचोक र बाणी हुँदै पुनः विद्यालय प्राङ्गणमा पुगेर समापन भएको थियो।

प्रायः पाँच किलोमिटर दूरी तय गरेको यो र्‍यालीमा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय युवा तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो। र्‍यालीमा सहभागीहरूले लागुऔषध विरोधी प्लेकार्डहरू बोकेका थिए र जनचेतनामूलक नाराहरू बोलेका थिए।

कार्यक्रमको सभाध्यक्षता उदय बाल क्लबका अध्यक्ष राजाराम शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथि उदय माविका प्रधानाध्यापक श्री बम्मन राना हुनुहुन्थ्यो। विशिष्ट अतिथि एनसीसीका प्रशिक्षक धर्मराज भट्ट हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन वासुदेव पाण्डेयले गर्नुभएको थियो।

र्‍यालीको सम्पूर्ण व्यवस्थापनमा आशा विष्ट र वासुदेव पाण्डेयको संयोजन विशेष उल्लेखनीय रह्यो। कार्यक्रममा इलाका प्रहरी कार्यालय बाणीका सहायक हवल्दार हर्क बहादुर धामीले सहभागीहरूलाई लागुऔषध दुरुपयोगका प्रकार, कानुनी व्यवस्था, सामाजिक असर तथा नियन्त्रणका उपायहरूबारे प्रभावकारी जानकारी दिनुभयो।

यस सचेतना र्‍यालीले युवावर्गमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यालयस्तरमै यस्ता अभियानको आवश्यकता र प्रभावकारितालाई पनि उजागर गरेको छ। रिपोर्टिङ: वासुदेव पाण्डेय
कक्षा १२, उदय माध्यमिक विद्यालय
(प्रत्यक्ष सहभागी तथा कार्यक्रम सञ्चालक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply