गणेश क्षेत्री / असार २३ धनगढी
कुनै समयमा ज्ञाने चोर देश छोड भन्ने नारा लगाउनेहरु अहिले राजा आउ देश बचाउ भन्दै शडकमा नारा लगाउन थाल्नु राजनैतिक दलको अकर्मण्यता , ब्यथिति र अराजकता ले आवश्यकता सिर्जना भएको भजनि गाबिस का पुर्ब अध्यक्ष तथा राप्रपा का प्रदेश उपाध्यक्ष इन्द्र कुमार मल्ल ले बताउनुभयो
भजनि नगरपालिका १ मा रास्ट्र रास्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान कैलाली को आयोजनामा पुर्ब राजा ज्ञानेन्द्रको ७९ औ शुभजन्मोत्सब को अवसरमा भएको कार्यक्रममा मल्लले उक्त कुरा बताउनुभएको हो
मल्लले हिजो बकुल्ला छाप चप्पल लगाउनेहरु आज कसरि करोडपति भए त्यो छानबिन हुनुपर्छ र जनताले नङ्ग्याउनु पर्ने बताउनुभयो !
नागरिक बचाउ महाअभियान ऋण यसोसियन का जिल्ला संयोजक हरि देबकोटा ले राजा र राजतन्त्र को बिकल्प नभएको बताउनुभयो
देबकोटा ले आर्थिक मन्दि उत्पन्न गराएर मारवाडि ले संचालन गरेका बैंक हरु लाइ मोटाउने र ब्यापारी टाट पल्टाउन दलाल भ्रष्टाचारि नेताहरुनै लागि परेको बताउनुभयो ! कस्तो बिडम्बना भने बैंक मा जग्गा धितो राखेर ब्याज तिर्न नसकेपछि छोराछोरी लाइ समेत बल्याक लिस्ट मा राख्ने सन्सार मा कतै नभएको निति नेपालमा भएको बताउनुभयो
धनगढी का नगर संयोजक शिब बराल ले करोडौं मुल्य पर्ने घरजग्गा कौडिको भाउमा लिलाम गरेर ब्यापारी लाइ सुकुम्बासी बनाउन बैक र रास्ट्रिय दलाल हरु लागि परेको बताउनुभयो
घरजग्गा बैंक मा धितो छ ब्याज तिर्न नसकेपछि घरघरमा आएर मानसिक यातना दिने बैंक का दलाल लाइ गलहत्याउन जरुरी रहेको बताउदै वडा अध्यक्षहरु लाइ बैंक ले ल्याएको पत्रमा हस्ताक्षर नगर्न चेतावनी दिनुभयो
नागरिक बचाउ अभियान का जिल्ला संयोजक आशाराम चौधरी को शभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि इन्द्र कुमार मल्ल रहनुभएको थियो
स्वागत मन्तव्य धनसरा सुनार ले गर्नुभएको कार्यक्रम को संचालन सेवक चौधरी ले गर्नुभएको थियो