सहकारीबाट राधाको मासिक २५ हजार आम्दानी

असार २४ धनगढी
धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने राधा चौधरी आजकाल कुखुरापालन व्यवसायमा व्यस्त हुन्छिन् । उनले स्थानीय जातका कुखुरापालन गरेकी छन् । आर्थिक अभावका कारण विभिन्न समस्या झेलेकी राधाले अहिले कुखुरापालनबाट राम्रै आम्दानी गर्ने गरेकी छन् । विभिन्न समस्याले नै आफूलाई व्यवसायी बनाएको उनी बताउँछिन् ।

उनले भनिन् ‘के गरौँ, कसो गरौँ, कामको खोजीमा भौतारिँदै थिए । आर्थिक अवस्था कमजोर थियो । छोरा स्कुल भर्ना गर्ने सम्मको भइसकेको थियो । पछि मैले सोच बनाए अरुकोमा काम खोज्नु भन्दा आफै संघर्ष गरेर सानो खोकाको व्यापारसँगै तरकारीखेती गर्नुपर्छ ।’

‘श्रीमान अन्य काम गर्नुहुन्थ्यो । छोराको भर्ना गर्ने समय पनि आइसकेको थियो । जसोतसो भर्ना गरियो । दिनभरी फुर्सद हुन थालेपछि खोकाको व्यापारले केही होला जस्तो लागेन्’ उनले भनिन् ‘माइतीबाट ३ हाँस र दिदीको घरबाट कुखुराको भालेपोथी,अन्य दुईवटा भालेपोथी गाउँवाट किनेर ल्याय,त्यसपछि हाँस र कुखुरा पाल्न थाले ।’

उनले भनिन् ‘पछि म किसान बहुउदेश्यीय सहकारी संस्था धनगढी शाखाको शेयर सदस्य भए । आफ्ना शेयर सदस्यलाई किसानले ऋण दिँदो रहेछ । मैले सोचे किसानबाट ऋण लिएर व्यापार बढाउनु पर्छ ।’

उनले भनिन् ‘पहिलो किस्ता ८० हजार ऋण लिए । कुखुराको खोर र खोकाको व्यापारमा लगानी गरे । दोस्रो किस्ता एक लाख लिए कुखुरा बढाए । तेस्रो किस्ता ५ लाख लिए त्यो लगानी पनि कुखुरामै लगाकी छु ।’

अहिले आफूसँग १ सय ६० वटा स्थानीय जताका कुखुरा र ५० वटा हाँस रहेको उनले बताइन् । उनले अगाडि थपिन् ‘प्रति कुखुरा ७५० मा बेच्ने गरेकी छु । हाँस ६५० मा बेच्छु । मासिक ४० हजार सम्मको कारोबार भइरहेको छ । २५ हजार जति बचत हुन्छ ।’

उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको बताइन् । किसान सहकारी संस्था नभइ दिएको भए यो अवस्थासम्म पुग्न नसकिने उनी बताउँछिन् । कुखुरापालन व्यवसायबाट भएको आम्दानीले सहकारीलाई मासिक २० हजार सावा र व्याजसहित तिर्ने गरेको उनको भनाइ छ ।
‘३ हजार ५ सय छोराको खुत्रुके र पेन्सन बचतमा जम्मा गर्छु । यो १६ बर्षे योजना हो । लगभग त्यसमा पनि ५ लाख जति बचत भएको होला’ उनले भनिन् ‘किसान सहकारीले दिएको यो खुशी मैले कहिल्यै पनि बिर्सन सक्दिनँ ।’

‘तपाई राम्रो गर्नसक्नु हुन्छ । यहाँबाट ऋण लिएर व्यापार बढाउनुहोस् भनेर किसान सहकारीबाट भन्नुभयो’ उनले भनिन् ‘सोही अनुसार मैले पनि ऋण लिएर व्यापार वढाउन तिर लागे । अहिले किसान हामी जस्ताको साथी नै बनेको छ ।’

किसानले सहकारीबाट पनि आफू सम्मानित भएको उनले बताइन् । उनले भनिन् ‘अहिले राम्रै भइरहेको छ । यो व्यवसायबाट बचत र ऋण तिर्नसम्मको भइरहेको छ । धेरै खुशी र सन्तुष्ट छु ।’

‘काम सानो ठुलो हुँदैन,काम जे पनि ठूलै हुन्छ’ उनले भनिन् ‘प्रगति गर्नु छ भने संघर्षसँगै सही कर्म गर्न आवश्यक छ । मसँग के थियो र ? माइती र दिदीको घरबाट ल्याएको कुखुरा पालन तिर लागेकी थिए । किसानको साथ पनि भयो । आफूुले राम्रो कर्मसँगै संघर्ष पनि गर्दे गएका कारण जीवन यापनमा सहज भएको छ ।’ कुखुरापालन व्यवसायलाई अझै बढाउने योजना रहेको उनले बताइन् । निशाना न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply