७ वर्ष पुरा हुदैछ न्याय अधुरो: ‘धर्नामा बसेको त्यो तस्वीर’ आज पनि चिच्याइरहेछ

हेमा भट्ट असार २५-२०८२
कञ्चनपुर – महेन्द्रनगर भिनपा–२ की १३ वर्षीया बालिका निर्मला पन्त माथि भएको बलात्कारपछि हत्या आज पनि नेपाली समाजको चेतना हल्लाउने पीडादायी घटनाको रूपमा जीवित छ।

२०७५ साल साउन १० गते, निर्मलाको शव उखुबारीमा फेला परेको थियो। सिंगो देश स्तब्ध बन्यो। जनता सडकमा उत्रिए। न्यायको माग गर्दै चोक–चोकमा धर्ना बसे।

त्यही धर्नामध्ये एउटा तस्वीर अहिले फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ —
निर्मलाको तस्बिर ब्यानरमा फाेटा टाँसेर चिसो सडकमा धर्नामा बसेका नागरिकहरू।
ती अनुहारहरूमा आक्रोश थियो, आँसु थियो, प्रश्न थियो।

तर आज, सात वर्ष पुरा हुन केही दिन मात्र बाकी छन् .. त्यो तस्वीरको अर्थ फेरिएको छैन। त्यो तस्वीर आज पनि भन्छ – ‘निर्मलाले न्याय पाइनन्।’

गृहमन्त्रीको मौनता चिर्न खोज्दैछ त्यो तस्वीर..सात वर्ष अघि निर्मलाका लागि आवाज उठाउनेहरूमध्ये थिए —रमेश लेखक।
त्यो समय धर्नामा बसेर न्यायको पक्षमा बोलेका उनी,आज देशका गृहमन्त्री छन्। अनि त्यही तस्वीर फेरि भन्छ —“त्यो बेला बोलेका नेता आज किन चुप छन्?”

सत्ता फेरिए, सरकार फेरिए, तर पीडित परिवारको पीडा उस्तै छ। त्यो फोटो आज जनतालाई सोधिरहेछ —”यो न्याय दिन कसले रोक्यो? कसको डरले सरकार चुप बस्यो?”

निर्मला पन्तको नाममा ठूल्ठूला भाषण भए,
जाँच समिति बने, तर कुनै निष्कर्ष आएन।
त्यो धर्ना बसेको तस्वीर आज फेरि आकाश जति ठूलो चिच्याइरहेछ —यो देशमा गरिबकी छोरीको न्याय सत्ताको भोग बनाइयो।”

आज पनि कञ्चनपुरका आमजनताको मनमा आशा बाँकी छ —किनभने गृहमन्त्री आज यही माटोका हुन्। तर त्यो पुरानो धर्नाको तस्वीर एकदमै स्पष्ट रूपमा सम्झाइरहेछ —निर्मलाले न्याय अझै पाएकी छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply