बैतडीमा हावाहुरीले मकैबाली नष्ट

असार २५ धनगढी
बैतडीमा हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको छ । मंगलबार राती वर्षासँगै आएको हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानका मकैबालीमा क्षति पुगेको हो ।

घोगा लाग्नै लागेको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । हावाहुरीले सुर्नया गाउँपालिका–८ का ढोले, कठमडा, सेला र दोरामा मकैबालीमा व्यापक क्षति पुगेको स्थानीय रामबहादुर साउँदले बताए । उक्त टोलहरुमा एक हजार बढी घरधुरी रहेका र सबैको मकैबारीमा क्षति पुगेको उनले बताए ।

यस्तै दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको छ । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् । बैतडीका मकै पकेट क्षेत्रमै हावाहुरीले क्षति पुर्‍याएपछि मकैको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ ।

पछिल्ला बर्षहरुमा विभिन्न कारणले मकैबालीमा क्षति हुँदा किसानहरु मार्कामा पर्ने गरेका छन् । जंगली जनावर, हावाहुरी, रोगकिराका कारण मकै उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् । मिहनेत अनुसारको उत्पादन नहुँदा पछिल्लो समयमा यहाँका किसानहरुको मकैखेतीमा आकर्षण घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply