सुदूरका युवा उद्यमी तेजबहादुर चन्द औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७
सुदूरपश्चिम प्रदेशका युवा उद्यमी तेजबहादुर चन्द केन्द्रीय सरकारअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड (Investment Board Nepal) का सदस्यमा नियुक्त भएका छन्।

कञ्चनपुर महेन्द्रनगर निवासी चन्दलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदमा नियुक्त गरेको हो। सम्भवतः यो पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट कुनै व्यक्तिले सो बोर्डको सदस्यता पाएको हो भन्ने प्रतिक्रिया विभिन्न उद्योगी–व्यवसायीहरूले दिएका छन्।

चन्द हाल सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका सञ्चालक हुनुका साथै कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य पनि हुन्।

उद्योग मन्त्रालयले चन्दलाई राष्ट्रव्यापी औद्योगिक विकासमा योगदान दिन सक्ने क्षमतावान व्यक्तिका रूपमा मूल्यांकन गर्दै बोर्ड सदस्यको जिम्मेवारी दिएको जनाएको छ।

राजधानी काठमाडौँमा उद्यम सञ्चालन गरिरहेका चन्द केही वर्षअघि आफ्नो जन्मभूमि सुदूरपश्चिम फर्किएका थिए। उनले स्थानीयस्तरमा औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि विविध पहलहरू गरिरहेका छन्।

जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै चन्दले भने, “मैले पाएको यो जिम्मेवारीलाई म निर्भीकताका साथ पूरा गर्नेछु। देशको औद्योगिक विकास, स्वदेशमै रोजगारी सिर्जना, र समृद्धि मूलक कार्यक्रम सञ्चालन मेरो प्राथमिकता हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply