हेमा भट्ट असार २८
कञ्चनपुर -कृष्णपुर नगरपालिका–९, राजघाटस्थित श्री बनदेवी सामुदायिक वन उपभोक्ता समूहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ।
समूहको कार्यालय भवनमा आयोजना गरिएको गोष्ठीमा उपभोक्ताहरूको सक्रिय सहभागिता देखिएको थियो। गोष्ठीमा वन क्षेत्रको संरक्षण, वन पैदावारको व्यवस्थापन, दिगो विकासका लागि आवश्यक योजना तथा पारदर्शी कार्यान्वयनका विषयमा सहभागीहरूले सुझावहरू दिएका थिए।
कार्यक्रममा समूहका अध्यक्ष निरज भण्डारीले वन स्रोतको संरक्षण र उपयोगलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै, “समूहको प्रत्येक योजना स्थानीयको सहभागितामा आधारित र पारदर्शी हुनेछ,” भन्ने धारणा व्यक्त गरे।
गोष्ठीबाट प्राप्त सुझावहरूलाई समेट्दै आगामी वर्षका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माण गरिने जानकारी पनि दिइएको छ।